@@म १९ वर्षकी भएँ । मेरो विवाह भएको ३ वर्ष भयो । हामीबीच महिनामा तीन–चार पटक सहवास हुन्छ । मलाई सम्पर्क राख्न त मन लाग्छ तर यौन जिज्ञासा>>>???

Posted by Anonymous on | 0 comments


म १९ वर्षकी भएँ । मेरो विवाह भएको ३ वर्ष भयो । हामीबीच महिनामा तीन–चार पटक सहवास हुन्छ । मलाई सम्पर्क राख्न त मन लाग्छ तर मेरा श्रीमान् यसमा त्यति रुचि देखाउनुहुन्न । श्रीमान्को उमेर ३४ वर्ष छ । उमेरको फरकले पनि यस्तो भएको हो कि जस्तो पनि लाग्छ । म प्राय: हस्तमैथुन गर्छु, दिनमा एक–दुई पटक । हाम्रा कुनै सन्तान छैनन् । मलाई श्रीमान्सँग यौनसम्पर्क राख्न मन लागे पनि उहाँ वास्ता गर्नु हुन्न । के उहाँको उमेर बढी भएर यस्तो भएको हो ? अनि मैले हस्तमैथुन गर्दा भविष्यमा कुनै समस्या हुन्छ कि ? ४९१८ उमेर र यौनेच्छा कुनै न कुनै रूपमा यौनेच्छा जीवनभर नै हुने भए पनि किशोरावस्थामा यो सबैभन्दा तीव्र हुन्छ । किशोरावस्था भन्नाले १५ देखि १९ वर्षबीचको उमेर हो । त्यसपछि २५ वर्षभन्दा मुनिको उमेरलाई हामी युवा अवस्था भन्छौं र यो उमेरमा यौनेच्छा उच्चस्तरमै हुन्छ । उमेरअनुसार बिस्तारै यौनेच्छा तथा यौन क्रियाकलापमा संलग्नता कम भएर जान्छ । यसो हुने भए पनि पुरुषमा यौनेच्छा जगाउने टेस्टेस्टेरोन भनिने रागरस निरन्तर रूपमा निष्कासित हुने भएकाले उनीहरू यौनेच्छा तथा यौन क्रियाकलापमै संलग्न रहन्छन् अर्थात् उनीहरू यौन सक्रिय रहन सक्छन् । यद्यपि यो कुरा व्यक्ति–व्यक्तिअनुसार फरक हुन सक्छ । पुरुषमा उमेरको कुरा गर्दा यौनेच्छा राम्रै भए पनि यौन क्रियाकलापमा संलग्नतामा कमी आउन सक्छ वा त्यो केही फरक किसिमको हुन सक्छ । २० देखि ३० वर्षको उमेरमा यौन सपना देख्ने वा हस्तमैथुन गर्ने क्रम केही कम हुनसक्छ । ३० वर्षको हाराहारीमा पुगेदेखि यस्तै ४० वर्ष पुग्दासम्म लिङ्ग उत्तेजित हुन केही समय लाग्छ । उत्तेजित भए पनि पर्याप्त कडापन नआउने भएकाले लिङ्गलाई चलाएर कडापन ल्याउनुपर्ने हुन्छ । ४० देखि ५० वर्षको भएपछि पहिले आफैं उत्तेजित हुने लिङ्ग अब चलाएर उत्तेजित गर्नुपर्ने हुन्छ । अझ ६०–७० वर्षका यौन जोडीहरू आफ्नो उमेरअनुसार विभिन्न यौन क्रियाकलापमा संलग्न हुन्छन् । पछि प्रत्यक्ष लिङ्ग–योनि यौनसम्पर्कमा मात्र केन्द्रित नभएर अंकमाल, यौन संवेदनशील अङ्ग स्पर्श गर्ने सुमसुम्याउने, चुम्बन गर्ने जस्ता क्रियाकलाप गरेर आनन्दित यौन जीवन बिताउनेहरू प्रशस्तै छन् । पाको उमेरमा पुगेपछि यौन जीवनको शारीरिक पक्षमा मात्र नभएर मानसिक अनि आत्मियता, विश्वासजस्ता कुरा पनि महत्वपूर्ण हुन्छन् । उमेरबाहेक अन्य कतिपय कुराले पनि यौनेच्छालाई प्रभाव पार्न सक्छ । तनाव, थकान, काम तथा वृत्ति विकासमा तल्लीन हुँदा वा कुनै बिमारी वा प्रयोग गरिएका औषधीको नकारात्मक प्रभाव अनि सम्बन्ध सुमधुर नहुनु वा सम्बन्ध मन नपर्नुजस्ता कतिपय कुराले यौनसम्पर्क कत्तिको गरिन्छ भन्ने कुरालाई प्रभावित तुल्याउँछ । अनमेल विवाह ? विवाह हुँदा तपाईंको उमेर १६ वर्ष जति हुनुपर्छ र श्रीमान्को उमेर यस्तै ३१ वर्ष । तपार्इंहरूको उमेरले यौन जीवन मात्र होइन, जीवनका अन्य कतिपय कुरालाई पनि प्रभावित तुल्याएको हुनुपर्छ, जसका बारेमा तपाईंले केही लेख्नुभएको छैन त्यसैले त्यसका बारेमा केही भन्न सकिने कुरा भएन । धेरैजसो दम्पतीमा तपाईंहरूको जस्तो उमेरको फरक हुँदैन । श्रीमान्–श्रीमतीको उमेरमा जति धेरै फरक भयो त्यति नै सुखमय यौन जीवनको अवधि कम हुने सम्भावना हुन्छ । शारीरिक रूपमै यौनेच्छा अनि यौन क्रियाकलापमा हुने परिवर्तनका बारेमा त हामीले माथि नै चर्चा गरिसक्यौं । अर्को पक्ष के हो भने तपाईं भर्खरै किशोरावस्था पार गर्ने स्थितिमा हुनुहुन्छ र तपाईंको सोच अनि आकांक्षा एवं मूल्य–मान्यता त्यसै किसिमका हुन्छन् भने पाको उमेरको व्यक्तिको केही फरक । जीवनको प्राथमिकता पनि उमेर अनुसार फरक–फरक हुन्छ । अनमेल विवाहको यो पक्षलाई सम्भवत: तपाईंले प्रत्यक्ष रूपमा भोगिरहनुभएको छ । समाधान के त ? पहिलो कुरा त तपाईंको समस्याको कारण नै जान्ने प्रयास गर्नु आवश्यक छ । उमेरमा यति धेरै फरक हुँदा पनि विवाह हुनुको विशेष परिस्थिति पक्कै हुनुपर्छ । यो प्रेम विवाह थियो कि थिएन ? प्रेम नभै कतै त्यो आशक्ति मात्र थियो कि ? तपाईं त्यतिबेला त्यति परिपक्व नभैसक्नु भएकाले ललाई–फकाई विवाह गरिएको स्थिति थियो कि ? त्यसैगरी तपाईंले विवाहका सुरुका दिन र अहिले केही परिवर्तन फेला पार्नु भएको छ कि छैन ? यौनसम्पर्कमा मात्र रुचि नभएको हो कि तपाईंसँगको सम्बन्ध नै चिसिएको लक्षण छ ? श्रीमान् तपाईसँग कत्तिको समय बिताउनु हुन्छ, कत्तिको कुराकानी गर्नुहुन्छ वा कत्तिको हेरचाह गर्नु हुन्छ भन्ने जस्ता कुरामा समेत ध्यान पुर्‍याउनु पर्ने हुन्छ । यस्ता कतिपय कुरामा खुलस्त कुराकानी गर्ने प्रयास गर्नुहोस् । उहाँ तनावमा हुनुहुन्छ भने त्यसलाई पनि कम गर्न सहयोग गर्नुपर्छ अनि यौनसम्पर्कको सन्दर्भमा तपाईंले उहाँलाई असजिलो नहुने गरी आफंैले पहल गर्नुपर्छ । उहाँले यौनसम्पर्क गर्न चाहे म तयार हुँला भनेर मात्र नबस्नुहोस् । चुम्बन, आलिङ्गनदेखि यौनाङ्गको स्पर्श आदि गरेर उहाँलाई यौन सम्पर्कमा सलग्न हुन आकर्षित गर्नुहोस् । यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहारा लिनुभएको रहेछ । यो एउटा राम्रो उपाय हो । भविष्यमा यसले हानि गर्छ भन्ने कुराको कुनै आधार छैन, त्यसैले चिन्ता नलिए हुन्छ । अर्को व्यक्तिसँग सम्बन्ध राख्नुपर्ने वा अनावश्यक खर्च हुने मात्र होइन तपाईंले आफ्नो शरीरको यौन संवेदनशील अङ्ग–प्रत्यङ्गका बारेमा जानकारी पनि प्राप्त गर्ने हुँदा यसबाट तपाईंलाई थप फाइदा हुन्छ । तपाईंले श्रीमान्लाई आफ्ना यौन संवेदनशील अङ्गको चुम्बन, स्पर्श, सुमसुम्याइ अनि मर्दन गर्न लगाउनुभयो भने आनन्द वृद्धि गर्न सकिन्छ ।

0 comments for " @@म १९ वर्षकी भएँ । मेरो विवाह भएको ३ वर्ष भयो । हामीबीच महिनामा तीन–चार पटक सहवास हुन्छ । मलाई सम्पर्क राख्न त मन लाग्छ तर यौन जिज्ञासा>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives