===BREAKING NEWS|| काठमाडौँमा ठूलो दुर्घटना: अनियन्त्रित ट्रकको ठक्करबाट स्कुटी, मिनिट्रक र ट्याक्सी ध्वस्त (१० तश्विर)>>>???

Posted by Anonymous on | 0 comments


चैत ४, काठमाडौँ | काठमाडौँको गुर्जुधारा स्थित दुरसंचार कार्यालय नजिकै ठुलो सवारी दुर्घटना भएको छ | घटनास्थलबाट हाम्रा संचारकर्मी गोपाल चन्दका अनुसार कतिको मृत्यु भएको भन्ने बारे एकिन नभए पनि घटना स्थलमा स्कुटर, मोटरसाइकल, ट्याक्सी र वान टन ट्रक ध्वस्त भएका छन् | करिव १ सय मिटर परदेखि अनियन्त्रित रुपमा नागढुंगापट्टिबाट आउंदैगरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ठक्करबाट ठूलो मानवीय क्षेती गराएको अनुमान छ | प्रहरीले घटनाको आधिकारिक तथ्य आएपछीमात्र कति जनाको मृत्यु भएको भन्नेबारे जानकारी दिने बताएको छ | उसले अहिलेसम्म १ जनाको मृत्यु भएको र ९ जना घाइते भएको जनाएको छ | प्रत्यक्षदर्सीका अनुसार तीन जनाको मृत्यु भएको छ | ट्याक्सीमा सवार तीन जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ | त्यस्तै मे १ ख २४३९ नम्बरको मिनीट्रकमा रहेका २ जनालाई अस्पताल पठाइएको छ | बा ६९ प ६२८५ नम्बरको स्कुटर पूर्ण रुपमा ध्वस्त भएको छ भने बा १ ज ७९६७ नम्बरको ट्याक्सी समेत ट्रक मुनि ध्वस्त अवस्थामा छ | प्रहरीले अनियन्त्रित ट्रकको ब्रेक फेल भएको हुन सक्ने अनुमान लगाएको छ | थप विवरण आउन बाँकी छ... दुर्घटनाको स्थितिबारे तलका तश्विर आफै बोल्छन् :

0 comments for " ===BREAKING NEWS|| काठमाडौँमा ठूलो दुर्घटना: अनियन्त्रित ट्रकको ठक्करबाट स्कुटी, मिनिट्रक र ट्याक्सी ध्वस्त (१० तश्विर)>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives