==युएईमा एक नेपाली महिला बिचल्ली, दिनभरी खुल्ला पार्कमा रात परेपछि म कहाँ जाउ >>>??
Posted by Anonymous on | 0 comments
बिनोद श्रेष्ठ युएई । काम लगार्इ दिने शर्तमा दलाल मार्फत युएई छिरेकी उदयपुर जिल्ला रामपुर,६ की बन्दना बिश्वकर्मा बिचल्लीमा परेकी छिन्। गत जनवरी ८ मा दिल्लीबाट साउदीको राजधानी दमाम हुँदै युएई छिरेकी उनी दलालले काम नलगाई दिएपछि बिचल्लीमा परेकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा बसेर दलालको काम गर्दै आएको गार्इघाटका राजन तिमिल्सिना र नेपालमा रहेका झापाका प्रकाश गुरुङको मेलेमतोमा युएई आएकी बिश्वकर्मा युएर्इको अजमान बस्दै अाएका शन्तोष शर्मा मार्फत युएर्इको अलएेनमा रहेको एक म्यानपावर कन्सल्टेन्सीमा बेचिएकी थिर्इन्। कन्सल्टेन्सी मार्फत लोकल अरबीको घरमा घरेलु कामदारको (खद्दामा)को रूपमा काम गर्न पठाएको उनले बतार्इन्। दैनिक पाँचसय लोकल कुखुरा अनी सय भन्दा बढी भेडाबाख्रालार्इ दाना पानी,सरसफार्इ गर्नुपर्ने, पच्चिस जनाको ठुलो परिवारमा कपडा धुने, भाँडाकुडा, घर सफार्इ गर्न जस्ता काम गर्न नसकेर कामबाट भागेको बतार्इन्। दैनिक काम सकेर रातको दुर्इ बजे सुत्ने, बिहान पाँच बजे उठ्नु पर्नै उनको बाध्यता थियो। काम गर्न नसकेर बारम्बार अाफ्नो यूएर्इका एजेण्ट सन्तोष शर्मालार्इ फोन गरी बँताएको तर उनीहरूले सधै धम्याउने , नेपाल जाने भए तिन लाख २० हजार भारू तिरेर मात्र जान सक्ने बताए पछी भागेर अजमान स्थित म्यानपावर अफिस पुगेकी थिर्इन् । अफिसमा पुगेका उनलार्इ कोठामा बन्धक बनाएपछी झ्यालबाट सलको पासो लगार्इ बाहिर निस्केर भागेकी थिर्इन्। भाग्ने क्रममा उनी कम्मर सर्केको र खु्ट्टा मर्केर सुनिएको छ। न भिजा, न हातमा पासपोर्ट, बिना र्इन्सुरेन्स उपचारमा निकै कठिन परेको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ==युएईमा एक नेपाली महिला बिचल्ली, दिनभरी खुल्ला पार्कमा रात परेपछि म कहाँ जाउ >>>?? "
Leave a reply