-शुक्रकिट के हो ? यसका रोचक तथ्यहरु जानी राखौ
Posted by News NP on | 0 comments
शुक्रकिट भनेको पुरुष अण्डासय हुँदै यौन क्रियाकलाप गर्दा लिङ्गबाट निस्कने अनुकण (sex cell) हो । यौन सम्पर्क हुँदा स्खलन योनीमार्ग हुँदै पाठेघरको माथिको डिम्ब नली (Fallopian tube) सम्म पुग्दछ महिलाको पाठेघर तिर आउँदै गरेको डिम्बसँग मिलन भई निशेचित हुन्छ अर्थात त्यो डिम्ब भित्र पस्दछ । त्यहिबाट सुरु हुन्छ गर्भधरण प्रक्रिया । पुरुषको शुक्रकिट महिलाको डिम्बसँग निशेचित भएपछि डिम्ब भित्र भ्रुण (zygote) बन्दछ ।
शुक्रकिटलाई नाङ्गो आँखाले देख्न सकिँदैन । यसलाई उपकरण द्वारा हेर्दा भ्याकुताको फुलबाट भर्खर निस्केको चेपागाँडा जस्तै देखिन्छ । सामान्यतया पुरुषको एक पटकको वीर्य स्खलनमा (करिव २–५ मि.लि) करीब ४० देखि १०० करोड शुव्रmकीटहरु सँगै निस्केका हुन्छन् । स्खलन हुँदा शुक्रकिटसँगै निस्केका वीर्यले शुक्रकिटको लागि बचाउँन मद्धत गरेको हुन्छ अर्थात ती शुक्रकिटको लागि आवश्यक पोषण तत्व हो । यौनी मार्गहुँदै पाठेघरमा पुग्न सजिलो होस भनेर लिङ्गबाट स्खलन हुँदा तेजसँग निस्कन्छ । यसरी स्खलन हुँदा वीर्यसँगै निस्कने शुक्रकिटको संख्या करोडौं हुन्छ तर पनि ती मध्ये थोरै मात्र डिम्बसम्म पुग्दछन र बाँकि पाठेघरको यात्रामा पौडिन नसकेर मर्छन र डिम्बसम्म पुगेका थोरै शुक्रकिट मध्येमा पनि शक्तिशाली एउटा मात्र महिलाको पाठेघरमा रहेको डिम्वसँग मिलन हुन्छ अर्थात निशेचित (conception) हुन्छ । त्यसैबाट गर्भ रहन्छ, मान्छे भएर जन्मन्छ । बाँकि सबै त्यहि मर्दछन् किनकि यिनीहरु धेरै समय बाँच्न सक्दैनन् ।
मानसिक चिन्तामा डुब्ने, नियमित जाँड÷रक्सी पिउँने, चुरोट वा सुर्तिजन्य पदार्थ सेवन गर्ने, लागुऔषको लतमा परेको, सन्तुलित आहार नगर्ने अवस्थाको मानिसको शुक्रकिट पनि कम्जोर हुन्छ र त्यसका कारण गर्भधारण भएर जन्मने बच्चामा पनि त्यसको असर पर्न जान्छ । स्वस्थ शुक्रकिट निर्माणमा हाम्रो खानपान र बानी व्यवहारले पनि प्रभाव पार्दछ । बच्चा जन्मदा अपाङ्गता भएर जन्मनुलाई पनि शुक्रकिटको कारण हो भन्ने धेरै मानिसमा भ्रम छ । यो त गर्भधारण पछि जब भ्रुण णको विकास हुन थाल्दछ त्यो प्रक्रियामा हुने हो र तर कतिपय बंशजमा सर्दै आएका केहि अपाङ्गताका कारण चाहि पुरुष वा महिला वा दुबैको कारण हुन सक्दछ । जस्तै विस्तारै सबै मांशपेशीहरु कम्जोर हुदै निष्कृय शरीर बनाउँने एक किसिमका अपाङ्गता मस्कुलर डिस्ट्रोफी । त्यस्तै कहिले काहिं बौद्धिक अपाङ्गतामा पनि शुक्रकिटको कारणले पनि हुन्छ भनिए छ तर त्यो महिलाको डिम्बका कारण पनि हुन्छ । बास्तबमा अधिकांश बौद्धिक अपाङ्गता शुक्रकिट वा डिम्बको कारणले नभएर गर्भधारण भएपछि आमाको स्वस्थ्य हेरचाह नभएर वा आमा र बच्चाका लागि पोषण तत्वको कमिले हुने हो । त्यसका अलावा महिला माथि हुने हिंसा, समयमा उपचार नपाउँनु वा जथाभावी औषधिको प्रयो गर्नु आदि कारणहरु पर्दछन ।
शुक्रकिटले महिलामा डिप्रेसन हुनबाट रोक्दछ । अमेरिकाको न्यूयोर्क विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कण्डमको प्रयोग नगरीकन गरिएको सहवास वा मुखमैथुन गर्ने महिलामा डिप्रेसन हुने जोखिम कम हुन्छ । महिलाको सरीरमा पुरुषको शुक्रकिट छिर्दा यसले अक्जिटोसिन, प्रोस्टाग्लान्डिन्स र सेरोटोनिन हर्मोनको .उत्सर्जन बढाउँदछ । यसले महिलामा तनाव कम गर्न सहयोग गर्दछ ।
विर्यले प्रजनन क्षमता बढाउन सहयोग गर्दछ । विर्यको काम केवल शुक्रकिटलाई बोक्नु मात्र होइन यसले महिलामा प्रजनन क्षमता बढाउने तथा डिम्बको उत्पादन तथा डिम्बलाई बाहिर निकाल्न पनि उत्प्रेरित गर्दछ । विर्यमा हुने प्रोटिनले महिलामा विशेष हर्मोनको उत्सर्जन गर्न सहयोग गर्दछ जसले डिम्बासयबाट परिपक्व डिम्बलाई प्रजननका लागि बाहिर पठाउने काम गर्दछ ।
शुक्रकिट केही घण्टामै मर्दछन् । एक पटकको स्खलनमा महिलाको योनीभित्र ५० करोड सम्म शुक्रकिट छिरेका हुन्छन् । तर ती मध्ये अधिकांस एक घण्टा भित्र नै मर्दछन् । पाठेघरभित्र प्रवेश गरी डिम्बबाहिनी नलीसम्म पुग्न सफल हुने शुक्रकिटको संख्या केवल ५ देखि १० वटा मात्र हुन्छ र त्यसको आधाजसो मात्र डिम्बसँग जोडिन सक्दछन् अनि ती मध्ये एउटाले मात्र डिम्बसँग मिलन भएर भ्रुण बनाउँदछ ।
पकाउनमा पनि प्रयोग हुन थाल्यो विर्य । हुँदाहुँदा अब विर्यका परिकार समेत बन्न थालेका छन् । पाउल फोटी फोटेनहार नामक लेखकले विर्यका परिकारका विषयमा किताब नै निकालेका छन् । विर्यमा निकै धेरै प्रोटिन पाइने र यसको स्वाद समेत निकै उत्तम हुने उनको दाबी छ ।
छालाको लागि उपयोगी हुन्छ विर्य । यसमा जिंक, भिटामिन सी, पोस्टाग्लान्डिन्स, कोलाजेन तथा अनय खाले भिटामिनहरु पनि पाइन्छ । नर्वेको एक कम्पनीले विर्यबाटैै स्परमाइन नामक यौगिक निकालेर अनुहारमा लगाउने क्रिम बनाएको छ । यो तत्वयुक्त क्रिमले मानिसको अनुहारमा चाउरी पर्न कम गर्दछ ।
पहिलोपटक शुक्रकिट कहिले पत्ता लाग्यो होला ? सन् १६७७ मा । एन्टोनी भान लिविनहुकले आफैले बनाएको सुक्ष्मदर्शक यन्त्रबाट आफ्नै विर्य हेरेर शुक्रकिट कोष पत्ता लगाएका थिए । श्रीमतीसँग सम्भोग गरेको केही समयपछि उनले आफ्नो विर्य माइक्रोस्कोपमा हेरेका थिए ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -शुक्रकिट के हो ? यसका रोचक तथ्यहरु जानी राखौ "
Leave a reply