Breking News.. बसले ठक्कर दिंदा दुई जनाको ठहरै मृत्यु..
Posted by News NP on | 0 comments
इटहरी–सुनसरीमा भएका अलग–अलग दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।बुधबार दिउँसो कोशी राजमार्ग अन्तर्गत इटहरी–१२ मा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार इटहरीद्द४ का २६ वर्षीय प्रकाश राई घाइते भएकोमा उपचारका क्रममा राति मृत्यु भएको छ।
राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक इटहरी–४ कै २७ वर्षीय प्रेम गुरुङ् घाइते भएका छन्। विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ८६१३ नम्बरको बसले विपरित दिसाबाट इटहरीतर्फ आउँदै गरेको मे १ प ३५९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको थियो।
यसैगरी, दुई साताअघि साइकलबाट लडेर घाइते भएका बक्लौरी–३ का १६ वर्षीय सरोज खड्काको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ। साइकलबाट लडेर बाँया हातको कुमको हड्डी भाँचिएकोमा विराट हस्पिटलमा हड्डीको अप्रेसन गरेर आइसियूमा राखिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Breking News.. बसले ठक्कर दिंदा दुई जनाको ठहरै मृत्यु.. "
Leave a reply