फ्रेस फेसः स्विमसुट लगाउँदा हजुरबुबासँग डर लाग्योःप्रमिला (भिडियोसहित)..

Posted by Unknown on |


लिरिल फ्रेस फेस’को तेश्रो संकरण जितेपछि प्रमिला थापाको खुशीको सिमा छैन । उनी आफूलाई उत्कृष्ट ५ भित्र आउनु नै ठूलो कुरा हो भन्ने सोच्थिन् । तर, उपाधी जितेपछि त खुशीको सिमा एकाएक उचाइमा पुगेको उनको वुझाई छ ।
निणर्ायकहरुले दिएको टिप्स र अध्ययनले आफूलाई उपाधी जिताएको उनको भनाई छ । घरमा आएर ऐना हेर्दै तयारी गरेको उनले सुनाइन् । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा रहेर कुरा गर्दै गर्दा प्रमिलाले भनिन्-‘सुन्दरता मात्र भएर यो उपाधी जितिदैन । व्यक्तित्व, मिहिनेतदेखि अध्ययनको खाँचो पर्छ ।’