-विपाशा वासुसँग सुनिल थापा र तक्मे बुढाले बलिउड चलचित्र खेल्दै...

Posted by News NP on | 0 comments


Sunil thapa and Takme budho with Bipasa Basu

नाकाबन्दीका कारण नेपालमा हुन सकेन छायांकन

यो नेपाली चलचित्रका कलाकारका लागि एउटा खुशीको कुरा हो । बलिउडकी हट सुन्दरी नायिका विपशा वासुको साथमा नेपाली चलचित्रका २ कलाकारले बलिउड चलचित्रमा काम गर्ने भएका छन् ।

‘मेरी कोम’ चलचित्र मार्फत बलिउडमा कमब्याक गरेका चर्चित कलाकार सुनिल थापा र नेपाली हाँस्य क्षेत्रमा छोटो समयमै लोकप्रियता कमाएका कलाकार विल्सन विक्रम राई’तक्मे बुढा’ले एक बलिउड चलचित्रमा अभिनय गर्ने पक्का भएको छ ।

बलिउड नायिका विपशा वासुको मुख्य भूमिका रहने चलचित्र ‘भाइ मस्ट वी क्रेजी’मा यी दुई कलाकार देखिन लागेका हुन् । चलचित्रको निर्देशन विनय शर्माले गर्दैछन् । यो चलचित्रमा पंकज कपुर डनको भूमिकामा देखिनेछन् । विपशाले जंगलमा डनलाई पछ्याउने बिषयमा चलचित्र बन्नेछ ।

चलचित्रमा आफ्नो भूमिकाको बारेमा दुबै कलाकारले खुलाउन चाहेनन् । चलचित्रको सम्पूर्ण छायांकन नेपालमा हुने कुरा थियो । तर, नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अब यसको छायांकन थाइल्याण्डमा हुनेछ । थाइल्याण्डमा करिब ४५ दिनको तालिका तय भैसकेको छ ।

सुनिल थापाले चलचित्रका लागि संझौता गरिसकेका छन् भने विल्सनले यो साता भित्र संझौता गर्नेछन् । चलचित्रका निर्देशक विनय शर्मा नेपाल घुम्न र विल्सनसँग संझौता गर्न बिहिबारसम्म नेपाल आइपुग्ने बताइएको छ ।

0 comments for " -विपाशा वासुसँग सुनिल थापा र तक्मे बुढाले बलिउड चलचित्र खेल्दै... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives