-ग्यास्ट्रिकले दुखेर हैरान भएको भए तुरुन्त कसरी निको पार्ने ..? जानी राखौ..

Posted by News NP on | 0 comments


काठमाडौं – धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् । हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ । आज यो रोगका केहि जटिलता र प्राकृतिक उपचारका बारेमा चर्चा गरौं ।


यी हुन मानिसलाई निरोगी राख्ने ३३ उपायहरु
ग्यास्ट्रिकका जटिलताहरू :-

ग्यास्ट्रिकको बेलैमा उपचार भएन भने अल्सर र तथा क्यान्सरको खतरा हुन्छ । अल्सर हुँदा बारम्बार रक्तस्राव हुने हुँदा रक्तअल्पताको समस्या पनि देखा पर्न सक्छ । यसैगरी भिटामिन बीको अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियत समेत हुन सक्छ ।
जन्मिने महिनाले बताउँछ कुन रोग लाग्नेछ भनेर
ग्यास्ट्रिकको उपचार :-
ग्यास्ट्रिक धेरै कारणले हुन सक्छ । यसको बेलैमा उपचार गर्ने हो भने यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । यो रोग खानपानका कारण अत्याधिक लाग्ने हुँदा आफ्नो खानपानमा सुधार गर्नु आवश्यक छ । हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू खानु पर्छ । पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउँदैन ।
डरलाग्दा रोग लाग्नु अघि देखिने १२ लक्षण (हेलचेक्राई नगर्नुस )

ग्यास्ट्रिकका केहि प्राकृतिक उपचार :
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ ।
लामो सेक्स र चरम आनन्दका लागि यस्तो कण्डम किन्नुस् (जिबनमन्त्र )
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो(हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ ।
विश्राम व्यवस्थापन :
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।

0 comments for " -ग्यास्ट्रिकले दुखेर हैरान भएको भए तुरुन्त कसरी निको पार्ने ..? जानी राखौ.. "

Leave a reply