-नाकाबन्दीबारे भारतको सन्देशले बालुवाटारमा हंगामा, एक्कासी किन आत्तिए प्रधानमन्त्री ?
Posted by News NP on | 0 comments
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए- चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन । भारतले नाकाबन्दी नै गरेको छैन, तैपनि किन झुठो प्रचार ? भारतले होइन, चीनले चाहिँ नाकाबन्दी गरिरहेको सप्रमाण भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको सप्रमाण भारतले दावी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो ।
भारतले स्पष्ट सन्देश दियो- अरु नाका खुकुलो पार्छौं तर रक्सौल नाकाचाहिँ खोल्दै खोल्दैनौं । नेपालको मुख्य नाका नै रक्सौल हो । रक्सौलबाट नेपालको सत्तरी प्रतिशत आयात-निर्यात हुन्छ । रक्सौल नखुल्नु भनेको नाकाबन्दी यथावत रहे सरह हो । रक्सौल नखोलेर अन्य नाका खोल्ने हो भने के अर्थ भयो ?
नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया चलिरहेको , मन्त्रिपरिषद्ले तीन बुँदे निर्णय गरेको, सो निर्णयको भारतले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री ओली आत्तिए ।
भारतले मन्त्रिपरिषद्को तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्नेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए । साँघु साप्ताहिकमा खबर छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -नाकाबन्दीबारे भारतको सन्देशले बालुवाटारमा हंगामा, एक्कासी किन आत्तिए प्रधानमन्त्री ? "
Leave a reply