-सलमानको जीवनबारे चर्चित भारतीय ज्योतिषको नयाँ भविष्यवाणी !

Posted by News NP on | 0 comments


मुम्बई । केही समयअघि बलिउड अभिनेता सलमान खानलाई अदालतले ‘हिट एन्ड रन’ मुद्दामा सफाइ दिएपछि उनको विवाहबारे चर्चा चुलिएको छ ।

केही समयअघि नै उनले गर्लफ्रेन्ड लुलिया बन्तोरसँग ‘इनगेजमेन्ट’ गरेको समाचार आएको थियो । यसबारे सलमानले कुनै प्रस्टीकरण त दिएका थिएनन्, तर उनले लुलियालाई परिवारसँग भेटाएका थिए ।

५०औँ जन्मदिनमा लुलियालाई केक खुवाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तैपनि, उनीहरूको विवाह कहिले हुने भन्ने निश्चित छैन ।

उता, ज्योतिषीहरूले भने यो वर्ष पनि सलमानको विवाह नभए कहिल्यै नहुने भविष्यवाणी गरेका छन् ।

भारतीय सेलेब्रिटी न्युमेरोलोजिस्ट सञ्जय जुमानीले भाष्करलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सलमानले यसपटक पनि बिहे गरेनन् भने उनका लागि बिहेको योग अब छैन ।’ (नयाँ पत्रिकाबाट)...

0 comments for " -सलमानको जीवनबारे चर्चित भारतीय ज्योतिषको नयाँ भविष्यवाणी ! "

Leave a reply