~~#Update News लुक्लामा दुर्घटना ग्रस्त गोमा एयरको पाइलट र एयर होस्टेज अस्पतालमा ! पाइलट पारसकुमार राई र कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर {फोटो सहित},,,!!!>>>

Posted by Anonymous on | 0 comments


काठमाडौ,१३ जेठ | सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेका पाइलट पाइलटद्वय  पारस कुमार राई,कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जनलाई लुक्ला अस्पतालमा उपचारका लागि लगिएको छ । एयर होस्टेज महर्जनको दाया खुट्टामा चोट लागेको छ भने पाइलट पारसकुमार राई र कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपाल नागरिक उडडयन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उहाँहरुलाई काठमाडौ ल्याउन नसकिएका कारण लुक्ला अस्पतालमा उपचार गराइदैछ ।

लुक्ला बिमानस्थलको मौसम प्रतिकुलका कारण बिमान अवतरण र प्रस्थान गर्न सक्ने अवस्था नभएका कारण घाइतेहरुलाई काठमाडौ ल्याउन नसकिएको ठाकुरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘भिजिविलिटी निल (विमान उडन र अवतरण गर्न नसक्ने अवस्था) छ ।’ नाइ नए एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको विमान शनिकबार दिउँसो २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको थियो ।

0 comments for " ~~#Update News लुक्लामा दुर्घटना ग्रस्त गोमा एयरको पाइलट र एयर होस्टेज अस्पतालमा ! पाइलट पारसकुमार राई र कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर {फोटो सहित},,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives