+++(यौन सम्पर्कको बेला उत्तेजना हुदैन मेरो यो के समस्या होला ? के गर्दा यो ठीक हुन्छ ?)==>>>
Posted by Anonymous on | 0 comments
यौनसम्पर्क गर्दा लि· उत्तेजित हुँदैन। मेरो यो समस्या के होला ? के गर्दा यो ठीक हुन्छ ? कृपया मलाई मद्दत गर्नुहोस्।
यौनसम्पर्कका बेला लि· उत्तेजना नहुने कारण के होला ?
चाहिएको बेलामा चाहेजस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ। मानिस यन्त्र नभएकाले उसका कार्य एकैनासका हुँदैनन्, त्यसैले कहिलेकाहीं यस्तो भए अनावश्यक चिन्ता लिनु पर्दैन। योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्रोसँग उत्तेजित भएको स्थितिका कारण तपाईंको शारिरीक पक्ष ठीकै भएको देखिन्छ। शारीरिक तथा मानसिक रूपमा तयार नभै यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भए समस्या चर्को हुनसक्छ। यस्तो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबले हुने चिन्तालाई हामी sexual performance anxiety (यौन कार्य सम्पादनको चिन्ता) भन्छौं।

Performance anxiety कम गर्न के गर्नुपर्ला ?
कार्य सम्पादनको चिन्ताले धेरै कुरा विगार्न सक्छ। जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै उक्त चिन्ता बढ्छ भने कार्य सम्पादन क्षमतामै ह्रास आउन सक्छ। कति जनाले त यौन क्रियाकलापबाटै परहेज गर्छन् अनि त्यसपछि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिनँ भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन। मनबाट भय वा चिन्ता हटाउनु आवश्यक छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीँ औषधी सेवन गर्नुपर्ने हुन्छ। कतिपयले हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन्।
महत्वपूर्ण कुरा के हो भने यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ। दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ। यस्तो बेला सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ। यसमा आफ्नो यौनसाथीको सहयोग तथा समझदारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ। यौनसाथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " +++(यौन सम्पर्कको बेला उत्तेजना हुदैन मेरो यो के समस्या होला ? के गर्दा यो ठीक हुन्छ ?)==>>> "
Leave a reply