++++(केटी र केटाको यौन अङ्गको स्पर्श मात्र भयो भने बच्चा जन्मन्छ कि जन्मिदैन ?)==>>>
Posted by Anonymous on | 0 comments
गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्केका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकसँग
मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ। त्यसर्थ बच्चा पाउनका लागि यी कुरा आवश्यक हुन आवश्यक छ।
मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ। त्यसर्थ बच्चा पाउनका लागि यी कुरा आवश्यक हुन आवश्यक छ।
यौन अङ्गको स्पर्श भनेको के हो ?
स्पर्श मानवजीवनका लागि महत्वपूर्ण छ। त्यसमा पनि यौनको सन्दर्भमा यसको झनै विशेष महत्व हुने नै भयो। हाम्रा अङ्गहरूमध्ये कतिपय विशेष रूपमा यौन संवेदनशील हुन्छन्। त्यसको स्पर्शबाटै हामीले यौनसुख प्राप्त गर्छाैं। कुनै अङ्गबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको। आँखाका परेला, आँखी भुइँ, कनपट्टी, कुम, हत्केला, कपालजस्ता अङ्गको कोमल स्पर्शले हल्का किसिमको यौन उत्तेजना पैदा गर्छ। यौनाङ्ग त्यसमा पनि पुरुषमा अग्रचर्म टाँसिएको भाग, लिङ्ग मुन्डको घेरा अनि महिलामा भगांकुर, स्तन, भगक्षेत्र अनि दुवैको हकमा गुदद्वार वरिपरिको भाग अति नै यौन संवेदनशील हुन्छन्। स्पर्श गर्ने तरिका विभिन्न किसिमको हुन सक्छ। टाँसिएर बस्नु, अँगालो हाल्नुदेखि मालिस, हल्का स्पर्श, सुमसुम्याई, हल्का पिटाइ, दबाब, कोटयाउनु, कन्याउनु, हल्का टोक्नु, चाट्नु, चुस्नु, काउकुती लगाउनु जस्ता कुराले स्पर्शको विविधतालाई देखाउँछ। प्वाँख वा अन्य रेशमी कपडाको प्रयोग सबैले यौन स्पर्शलाई अर्को तहसम्म लान मद्दत गर्छ। यौनसम्पर्कका बेला पनि उत्तेजनाको स्तर बढाउन कतिपय व्यक्तिले आफैंलाई नै स्पर्श गर्छन्। हस्तमैथुन पनि स्पर्श हो। यसै सन्दर्भमा गहिरिएर विचार गर्नुहोस् त, यौनसम्पर्क भनेको पनि स्पर्श नै हो। यहाँ एक व्यक्तिको यौनाङ्गको अर्को व्यक्तिको यौनाङ्गसँग विशेष रूपमा गरिएको स्पर्श हो।
यौन आनन्दका वैकल्पिक उपाय:यौन स्पर्शको अर्को रूप
यौनसम्पर्क नै नगरे पनि यौन आनन्द प्राप्त गर्न सकिने अनेक उपाय उपलब्ध छन्। यस्ता यौन क्रियाकलापलाई वैकल्पिक यौन आनन्दका उपायको नाम दिन सकिन्छ। एचआईभीको महामारी संसारमा बढेपछि यो नसर्ने किसिमको सुरक्षित यौन क्रियाकलापलाई प्रयोग गर्न उत्प्रेरित गरियो। यसै क्रममा सन् ८० को दशकमा अंग्रेजीमा यगतभचअयगचकभ भनिने शब्दको प्रयोग हुन थाल्यो, जसलाई बाह्य यौन सम्पर्क भन्न सकिन्छ। शरीरबाट निस्कने विभिन्न तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआइने भएकाले सामान्यतः यसलाई एचआईभी तथा कतिपय यौनरोगबाट बच्न सकिने हुनाले सुरक्षित यौन क्रियाकलपाको वर्गमा राखिएको पाइन्छ। यस्तो यौन क्रियाकलाप गर्दा गर्भ रहनबाट पनि बच्न सकिन्छ। यस्ता यौन क्रियाकलाप गर्दा केही अपवाद पनि छन् भन्ने कुरा बिर्सनु हुँदैन।
हस्तमैथुन, यौन-परिकल्पना, चुम्बन, आलिङ्गन, सुमसुम्याउनु, शरीर घर्षण, एक-आपसी हस्तमैथुन, यौन-साहित्य, यौन चलचित्र, यौन प्रदर्शनी, काखी यौनसम्पर्क, स्तन यौनसम्पर्क, यौन अङ्ग रगड्ने, तीघ्रामा यौनसम्पर्क यसका उदाहरण हुन्। तपाईंले यौनाङ्गको स्पर्श भन्नुभएको छ। विपरित वा समान लिङ्गका व्यक्तिहरूले एकआपसमा आफ्ना यौन अङ्गहरूलाई बाहिरैतिर हल्का स्पर्श, घर्षण वा यौनाङ्ग नै रगड्ने गरेर यौन आनन्द प्राप्त गर्न सक्छन्। यस्तो यौन अङ्ग नपसाइयोस् वा यौन अङ्गबाट निस्केका रसको प्रत्यक्ष सम्पर्कमा नआईयोस् भन्ने कुरामा भने विशेष सजग हुनुपर्छ। यस्तो भए बच्चा जन्मने वा कुनै यौन रोग लाग्ने सम्भावना न्यून हुन्छ।
के यौन अङ्गको स्पर्शले मात्र बच्चा पाउला ?
मलाई लाग्छ, तपाईंले स्पर्श मात्र भएको भन्नुहुँदा हल्का रूपमा छोएको मात्र भन्न खोज्नुभएको हुनुपर्छ। यस्तो वीर्य स्खलन नभएको र योनिभित्र वीर्य वा त्यसमा भएका शुक्रकीट पस्ने सम्भावना नभएको स्थितिमा त्यति स्पर्शको कारणले नै गर्भ रहने स्थिति हुँदैन।
गर्भरहन्छ कि वा रह्यो कि भन्ने शंका छ भने गर्भ रहनुको लक्षणप्रति सजग हुनुपर्छ। महिनावारी रोकिनु एक प्रमुख र महत्वपूर्ण लक्षण हो। त्यसबाहेक पनि गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन्। छोटकरीमा भन्ने हो भने महिनावारी नहुनेबाहेक, स्तन छाम्दा हल्कारूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने हुन सक्छ। त्यसै गरेर केही समयपछि गएर स्तन अझै ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुने हुनुका साथै बच्चा चल्ने जस्ता लक्षणहरू देखिन्छन्।
गर्भरहन्छ कि वा रह्यो कि भन्ने शंका छ भने गर्भ रहनुको लक्षणप्रति सजग हुनुपर्छ। महिनावारी रोकिनु एक प्रमुख र महत्वपूर्ण लक्षण हो। त्यसबाहेक पनि गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन्। छोटकरीमा भन्ने हो भने महिनावारी नहुनेबाहेक, स्तन छाम्दा हल्कारूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने हुन सक्छ। त्यसै गरेर केही समयपछि गएर स्तन अझै ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुने हुनुका साथै बच्चा चल्ने जस्ता लक्षणहरू देखिन्छन्।
प्रविधिको विकाससँगै गर्भ रहेको शंका भएमा पिसाबको परीक्षण गरेर अचेल सजिलैसँग गर्भ रहे-नरहेको कुरा सरुमै छुट्टयाउन सकिन्छ। यस्ता परीक्षणलाई अंग्रेजीमा उचभनलबलअथ तभकत भनिन्छ। महिलामा गर्भवती हुने प्रक्रिया सुरु भएसँगै बढ्ने एक किसिमको जumबल अजयचष्लयलष्अ नयलबमयतचयउष्ल (जऋन्) भनिने हार्मोनको परीक्षण गरेर गर्भ रहे नरहेको नतिजा निकालिन्छ। अचेल राम्रा जाँच गर्ने साधनको सहयोगले डिम्ब निषेचन भएको यस्तै आठौं वा नवौं दिनमा यो हार्मोनको मात्रालाई पहिचान गर्न सक्छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ++++(केटी र केटाको यौन अङ्गको स्पर्श मात्र भयो भने बच्चा जन्मन्छ कि जन्मिदैन ?)==>>> "
Leave a reply