~~~महिलालाई हुने पाठेघरको क्यान्सरको सम्भावना तथा निवारण !>>>>>????

Posted by Anonymous on | 0 comments


पाठेघर के हो पाठेघर महिलाको प्रजनन सम्बन्धित एक प्रमुख अङ्ग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । पिसाब थैली यसको ठीक अगाडि र मलद्वार यसको पछाडि रहेको हुन्छ । यो नासपाती आकारको हुन्छ । फ्यालोपिओन ट्युब तथा मांसपेशी तत्वले दुवैतिरबाट यसलाई अड्याइराख्न मद्दत पु¥याएको हुन्छ । पाठेघरलाई तीन भागमा बाँड्न सकिन्छ - फन्डुस – सबभन्दा माथिको फराकिलो भाग इस्थ्मस – बीचको साँघुरो घाँटीजस्तो भाग सर्भिक्स – पाठेघरको मुख जुन तल योनीद्वारमा खुल्छ यी महिलामा यो क्यान्सर हुने बढी सम्भावना हुन्छ– -कलिलै उमेरमा विवाह तथा यौन सम्पर्कमा संलग्न हुने -बढी पुरुषसँग यौन सम्पर्क भएका -बढी सन्तान जन्माएका -जाँड, रक्सी, चुरोट, खैनी खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका -एचआइभीइ भाइरसको सङ्क्रमण भएका -पाठेघर अथवा यौनसम्बन्धी बराबर सङ्क्रमण भइरहने लक्षण– -सुरुको अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ, तर रोग बढेको खण्डमा निम्न लक्षण देखापर्न सक्छन्ः -योनीबाट फोहर पानी बग्नु -यौनसम्पर्कपछि रगत देखिनु -महिनावारीको बीचबीचमा रगत देखिनु -महिनावारी बन्द भैसकेको अवस्थामा पनि रगत देखापर्नु -तल्लो पेट दुख्नु -क्यान्सर फैलिसकेको अवस्थामा दिसापिसाब गर्दा अप्ठ्यारो हुनु -धेरै फैलिएको अवस्थामा भने खुट्टा सुनिने, ढाड तथा कम्मर दुख्ने र दिसापिसाबमा समस्या देखिनु प्याप स्मेयर के हो – प्याप स्मेयर पाठेघरको मुखको पानी जाँच गरेर क्यान्सर भएको छ कि छैन भन्ने जाँचिने प्रक्रिया हो । यसबाट क्यान्सर हुने संभावना छ कि छैन भन्ने समेत सजिलै पत्ता लाग्छ । यो एक विशेष तर सजिलो किसिमको जाँच हो । पाठेघरको मुखको क्यान्सर नियमित जाँचबाट पत्ता लगाउन सकिन्छ । हरेक विवाहित महिलाले वर्षको एक पटक नियमित प्याप स्मेयर गराउनुपर्छ । यो तरिकाबाट छिटो क्यान्सरको निदान हुनसक्छ । निदानका तरिका– प्याप स्मेयर धेरै सजिलो तथा तुरुन्त गर्नसकिने जाँच हो । यो नजिकको स्थास्थ्य केन्द्र अस्पतालहरुमा अथवा स्त्री रोग विशेषज्ञद्वारा गर्न सकिन्छ । यो जाँच गर्दा दुख्दैन । जाँचिएको अवस्थामा बेहोस गर्नुपर्र्दैन । पाँच देखि १० मिनेटमा गर्न सकिन्छ । तुरुन्त घर फर्किनसकिन्छ । धेरै महंँगो छैन । प्याप स्मेयर गर्नुभन्दा पहिले निम्न कुराप्रति ध्यान दिनुपर्छ – दुई दिन अगाडिदेखि यौन सम्पर्क गरेको हुनुहुँदैन । मलम अथवा डुस प्रयोग गर्नुहँुदैन । यो महिनावारी भएको बेला गर्न मिल्दैन । सकेसम्म एक हप्तादेखि एन्टिबायोटिक खाएको हुनुहुँदैन । उपचार विधि– प्याप स्मेयर तथा अन्य जाँचद्वारा क्यान्सर भएको निदान भएमा तुरुन्त उपचार गराउनुपर्छ । क्यान्सर विशेषज्ञ चिकित्सकसँग कसरी उपचार गर्ने भन्नेबारे सल्लाह गर्नुपर्छ । राम्रो उपचार पाएमा निको नै हुनसक्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो । शल्यक्रिया– सुरुको अवस्थामा पाठेघर निकालेर फालेमा यो रोग निको हुनसक्छ । रेडियोथेरापी – पाठेघरको उपचारमा यसको विशेष महत्व छ । विकिरणको माध्यमद्वारा पाठेघरको शल्यक्रिया नगरी यस प्रविधिबाट क्यान्सर निको पार्नसकिन्छ । पाठेघरको क्यान्सरमा रेडियोथेरापी ३ किसिमको हुन्छ – १ एक्स्टर्नल थेरापी बाहिरबाट विकिरण दिने : यसमा दुईवटा मेसिन सहायक हुन्छन् । क) टेले कोबाल्ट मेसिन ख)लिनियर एक्सेलेटर मेसिन २ ब्राकिथेरापी पाठेघरभित्र नै स्रोत राखी विकिरण दिने विधि । बाहिरी रेडियोथेरापीको प्रयोगले रेडियोथेरापीको परिणाम राम्रो हुने गर्छ । यो प्रक्रियालाई पाँच हप्ता लाग्छ । त्यसपछि रेडियोथेरापीकोे स्रोतलाई पाठेघरभित्र नै राखेर गरिने उपचार पद्दतिलाई ब्राकिथेरापी भनिन्छ । ३ केमोथेरापी क्यान्सर फैलिसकेको छ भने यो प्रविधिद्वारा केही रोकथाम गर्न सकिन्छ ।

0 comments for " ~~~महिलालाई हुने पाठेघरको क्यान्सरको सम्भावना तथा निवारण !>>>>>???? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives