----@@@@परिवर्तन भयो भन्सारदर : श्रावण १ गतेदेखि नेपाल जाँदा के-केमा लाग्छ भन्सार ? कति छ भन्सारदर ?>>>>???/
Posted by Anonymous on | 0 comments
सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गरेसँगै आजबाट नयाँ भन्सार दर लागू भएको छ । यसअनुसार विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा आजबाट विभिन्न परिवर्तनहरु भएको छ । सरकारले यसअघि विदेशबाट ल्याउन दिने केही वस्तुहरुमा प्रतिवन्ध पनि लगाएको छ । सरकारले झिटीगुन्टामार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन भएकोे छ । अब विदेशबाट काँचो सुनचाँदी लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइने छैन । सरकारले गहनाबाहेकको सुन बोक्न प्रतिवन्ध लगाएको छ । सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्राम मात्रै ल्याउन पाइने छ । यसअघि विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन पाइनथ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने छ ।नयाँ झिटीगुन्टा आदेशले यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १र१ थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था कायमै राखेको छ । यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १र१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मो्नियम, तबला, लगायतका सामान १र१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । सात किलोसम्म खाद्यसामग्री ल्याउादा पनि भन्सार भुक्तानी गर्नुपर्दैन । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था कायमै छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन । ४० प्रतिशत भन्सार के–केमा केही सामग्रीमा परिमाण बढी भए पनि एकैपटक ४० प्रतिशत समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था पनि आदेशमा गरिएको छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पङ्खा र रेडियो र १र१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी योजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २र२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २र२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्ने भन्सारका महानिर्देशक ढंगानाले बताए । चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा भन्सार लाग्नेछ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ----@@@@परिवर्तन भयो भन्सारदर : श्रावण १ गतेदेखि नेपाल जाँदा के-केमा लाग्छ भन्सार ? कति छ भन्सारदर ?>>>>???/ "
Leave a reply