~~~हिजो पक्राउ परेको पाकिस्तानी जासुसी परेवा भारतिय हिरासतबाट भाग्न सफल भएपछि भारतमा खैलाबैला, भारतिय सुरक्षाकर्मीहरु देखिए चिन्तित,>>>>

Posted by Anonymous on | 0 comments


एजेन्सी– भारतीय भूमिमा पक्राउ परेको एक पाकिस्तानी परेवा हिरासतबाट भागे पछि भारतीय सुरक्षाकर्मी तनाबमा आएका छन् ।पाकिस्तानबाट भारतमा जासुस गर्न आएको भन्दै सो परेवालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए । बन्दि बनाएर पिंजडामा राखिएको उक्त परेवालाई एक भारतिय प्रहरीले हेर्न खोज्दा परेवा त्यहाबाट भागेर पाकिस्तान तर्फ नै उडेको भारतिय मिडियाले जनाएका छन् । भागेको परेवामा ‘जनबाज खान ५५४७’भन्ने ट्याग र एउटा फोन नम्बर भएको बताइएको छ ।परेवा भागेपछि प्रहरीले भारतीय जासुसी निकायलाई खबर गरेका थिए। केही समय पहिले पनि पाकिस्तानले भारतमा जासुसीका लागी परेवा पठाएको थियो ।

0 comments for " ~~~हिजो पक्राउ परेको पाकिस्तानी जासुसी परेवा भारतिय हिरासतबाट भाग्न सफल भएपछि भारतमा खैलाबैला, भारतिय सुरक्षाकर्मीहरु देखिए चिन्तित,>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives