===क्यान्सर भगाउने अचुक औषधि : ब्रोकाउली :: २ मिनेट समय दिएर पूरा पढ्नु होस ।>>>>>

Posted by Anonymous on | 0 comments


क्यान्सर भगाउने अचुक औषधि : ब्रोकाउली ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएका थिए।तर पछिल्लो अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन सरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानका अनुसार शरीरको छालामा ब्रोकाउली घसियो भने घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ । अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली सरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ ।सल्फोराफेन नामक रसायनले शरीरमा क्यान्सर कोषको सिर्जना हुने एपी वान नामक प्रतिक्रियालाई कम गर्ने तथा रसायनिक रुपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने गर्छ । अनुसन्धानकर्ताहरुका अनुसार ब्रोकाउलीमा हुने यो रसायनले छाला डढ्ने जोखिम कम गर्छ र छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिन्छ । विश्वमा छालाको क्यान्सरको जोखिम बढिरहेको र सूर्यको किरण यसको मुख्य कारक तत्व रहेको विज्ञहरुले बताउँदै आएका छन् । नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

0 comments for " ===क्यान्सर भगाउने अचुक औषधि : ब्रोकाउली :: २ मिनेट समय दिएर पूरा पढ्नु होस ।>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives