___===== (बेलायत मोडल तमारा एकलेस्टनले आफ्नी छोरीलाई स्तनपान गराएको तस्बिर पोष्ट गरेपछि बबाल मच्चिएको छ ।)............हेर्नुहोस् भिडियो सहित===>>>>?????

Posted by Anonymous on | 0 comments


बेलायत मोडल तमारा एकलेस्टनले आफ्नी छोरीलाई स्तनपान गराएको तस्बिर पोष्ट गरेपछि बबाल मच्चिएको छ । यस्तो फोटो पोष्ट गरेर ती मोडलले ‘तितो र अप्रिय मनोवृत्ति’ दर्साएको भनी कडा आलोचना भएको छ । उनको यो तस्बिरले एक पटक पुनः पुरानो बहस ताजा गराएको छ – के महिलाले सार्वजनिक रुपमा स्तनपान गराउन उचित छ ? गरेकी थिइन् । उनले मानिसहरुलाई प्रश्न गर्दै उक्त तस्बिर पोष्ट गरेकी छिन्, ‘के नर्सिङलाई नीजि घरबाट बाहिर निस्कन दिनुहुन्न ?’ तमाराका केही प्रशंसकले यो पोष्टका लागि उनको आलोचना गरे । त्यसपछि उनले अर्को एक तस्बिर पोष्ट गरिन् । उनको दोस्रो तस्बिरपछि तमाराले अत्यधिक आलोचना खेप्नुपर्यो । आफ्नो तस्बिरको व्याख्या गर्दै तमाराले स्तनपानलाई प्रेम र पालन–पोषणको बलियो प्रतिक बनाइन् । उनले यो प्रतिकलाई सामान्यबाट लज्जाको रुपमा स्थापित गरियो भन्ने आरोप लगाएकी छिन् । तस्बिर विवादित किन थियो ? केही मानिसहरुले स्तनपानलाई सार्वजनिक रुपमा प्रोत्साहित गर्नुको साटो यसमाथि प्रश्न तेर्साए । तीन वर्षसम्म बच्चाका लागि स्तनपान आवश्यक मानिन्छ । एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखे, ‘शिशुलाई स्तनपान गरेको भए, त्यो निकै सुन्दर देखिन्थ्यो तर दुई वर्षको बच्चालाई स्तनपान गरेको खिचिएको फोटो ठिक देखिएको छैन ।’ यसमा तमाराले भनिन्, ‘म सबै आमाहरुलाई सशक्त बनाउन समर्थन गर्दछु । म नीजि रुपमा महसुस गर्दछु कि घृणा व्यापक छ र यो हाम्रो आत्माको लागि ठिक होइन ।’ केही आमाहरुले भने यो तस्बिरको प्रशंसा गरेका छन् । उक्त तस्बिर इवेटे इवेन्सले खिचेकी हुन् । इवेटे एक फोटोग्राफर हुन् जसले धेरैजसो गर्भवती र नर्सिङ महिलाको तस्बिर फोटो खिच्छिन् । लियने क्याफिन नामकी एक आमाले भनिन्, ‘मैले आफ्नी छोरीलाई चार वर्षसम्म स्तनपान गराएँ । मैले कहिले पनि बुझ्न सकिनँ कि यसलाई किन भिन्न तरिकाले हेरिन्छ ।’ हेलेन तोमिल्सनले भनिन्, ‘म सार्वजनिक स्थानमा स्तनपानको विषयमा निकै असहज हुने गर्दथें । यहाँसम्म कि मलाई घरको सदस्य अगाडि पनि स्तनपान गराउन ठिक लाग्दैनथ्यो तर अहिले मैले यो सबै लाज निकालेर फ्याँकिदिएकी छु ।’ तमारा थप्छिन्, ‘मेरो तस्बिरमा जस्तो प्रकारको टिप्पणी आयो त्यसले म निकै अचम्ममा परेकी छु । मानिसहरुले सोच्ने गर्दछन् कि मैले स्तनपानको सट्टा बोतलबाट दुध पिलाउनु पर्दथ्यो । म कहिले पनि कसैलाई आफ्नो सन्तानलाई बोतलबाट दुध खुवाउन सल्लाह दिन सक्दिनँ ।’ युनिभर्सिटी अफ केन्ट्स सेन्टर फर प्यारेन्टिङ स्टडीजका निर्देशक डाक्टर एली लीले यसमा नकारात्मक टिप्पणी गर्न नहुने बताएका छन् । स्तनपानलाई नैतिकतासँग जोडिएको उनको भनाई छ । बेलायतमा महिलालाई सन्तान जन्माएको एक घण्टा पछि नै स्तनपान गराउनुपर्ने सल्लाह दिइन्छ ।

0 comments for " ___===== (बेलायत मोडल तमारा एकलेस्टनले आफ्नी छोरीलाई स्तनपान गराएको तस्बिर पोष्ट गरेपछि बबाल मच्चिएको छ ।)............हेर्नुहोस् भिडियो सहित===>>>>????? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives