____== (बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु ==>>>>>????
Posted by Anonymous on | 0 comments
ढाका, १ फागुन, बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिए । दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिए । स्थानीय समयानुसार बिहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिए । बङ्गलादेश सडक दुर्घटनामा परी अत्याधिक व्यक्तिहरुको मृत्यु हुने देशमा पर्दछ । -

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ____== (बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु ==>>>>>???? "
Leave a reply