------->>>(बेहुलीझैं सजिएपछि ४ वर्षीया छोरीको गरिन् हत्या, पछि उनलाई कम्मरमा बाँधेर लगाइन् पासो)==>>>

Posted by Anonymous on | 0 comments


फागुन १२  | भारतको मध्य प्रदेशको इन्दौर शहरमा एक निकै मनछुने घटना सार्वजनिक भएको छ । साइटिका रोगले ग्रस्त २५ वर्षीया महिला पहिले दुलही झैं सजिइन् । विवाह हुँदा लगाएको रातो साडी लगाइन् । चार वर्षीया छोरीलाई तयार गरिन् । त्यसपछि उनको घाँटी थिचेर त्यही सलले आफ्नो कम्मरमा बाँधिन् र आफूपनि सुलीमा चढिन् । घटना हुँदा महिलाका श्रीमान् अफिस गएका थिए ।

– भारतको राउ थाना इलाकाको अशोका विहार कोलोनीमा बुधबार बेलुकी यो घटना भएको छ ।
– कोलोनीमा बस्ने सहदेव राउत बेलुकी साढे ६ बजेतिर घर पुग्दा ढोका भित्रबाट बन्द भएको पाए ।
– निकै बेर ढोका ढक्ढकाएपछि पनि भित्रबाट केही आवाज नआएपछि सहदेवले ढोका तोडिदिए ।
– उनी कोठाभित्र पुग्ने बित्तिकै आफ्नी श्रीमती निर्मला डोरीमा झुण्डिरहेको र सँगै चार वर्षीया छोरी अंशिकाको शवपनि कम्मरमा बाँधेको भेटे ।
छिमेकीले भने, ‘श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो थियो’
– छिमेकीका अनुसार सहदेव र निर्मलाको विवाद सन् २०११ को मे १३ तारिखमा भएको थियो । दुबैको सम्बन्ध निकै राम्रो थियो । उनीहरुको कहिले पनि झगडा भएको नदेखेको छिमेकीले बताएका छन् ।
– सहदेव राउस्थित रिजनल फरेन्सिक साइन्स ल्याबमा टेक्निसियनको रुपमा काम गर्छन् ।
साइटिका रोगले तनावमा थिइन् निर्मलाः
– निर्मला साइटिका (Sciatica) रोगले तनावमा भएपछि यस्तो कदम उठाएको छिमेकीहरुको ठहर छ ।
पुलिस के भन्छन् ?
– सिएसपी पारुल बेलापुरकर भन्छन्, ‘विक्षिप्त श्रीमान् केही बोल्ने स्थितीमा छैनन् । छिमेकीसँग निर्मलाको धेरै घुलमिल थिएन ।’
– ‘निर्मला घरमा नै सिलाईको काम गर्थिन् । कुनै सुसाइड नोट पनि भेटिएको छैन ।’

0 comments for " ------->>>(बेहुलीझैं सजिएपछि ४ वर्षीया छोरीको गरिन् हत्या, पछि उनलाई कम्मरमा बाँधेर लगाइन् पासो)==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives