~~~श्रीमतीले दाइजो नल्याएको निहुँमा पोर्न फिल्म निर्मातालाई ७ लाखमा बेचियो???>>>.
Posted by Anonymous on | 0 comments
भारतमा दाइजोको निहुँमा महिलाहरुमाथि हुने गरेको हिंसा तथा अत्याचार सायद दुनियामा सबैभन्दा भयानक छन् । पछिल्लोपटक फेरि अर्को दर्दनाक घटना सार्वजनिक भएको छ । दाइजो नल्याएको निहुँमा एक महिलालाई उनका लोग्ने तथा घरपरिवारले पोर्न फिल्म निर्मातालाई बेचिदिएका छन् । घटना भारतको हरियाणाको हो । ती महिलाको बिहे भएको अझै डेढ महिना पनि भएको छैन । बिहेमा उनका बुवाआमाले खासै दाइजो दिन सकेनन् । दाइजो नपाएपछि लोग्ने बेखुस भए र अन्ततः उनलाई पोर्न फिल्म बनाउने मानिसलाई बेचेका छन् । ती महिला बल्लतल्ल आफुलाई पोर्न फिल्म निर्माताको चंगुलमा पर्नबाट बचाएर भाग्दै आफ्नो माइती बिहार आएर शरण लिएकी छिन् ।बिहारको शारण जिल्लाको तरैया माइती भएकी ती पीडित महिलाले आफ्नो लोग्ने तथा घरका सबै परिवार विरुद्ध मुद्धा हालेकी छिन् । उनका अनुसार दाइजो नल्याएको भन्दै उनलाई लोग्ने तथा सासु ससुराले बिहेको केही दिनपछि नै दुख दिन सुरु गरेका र अन्तिममा पोर्न फिल्म बनाउनेलाई बेचिदिएका बताइन् । लोग्नेपक्षले दाइजोको रुपमा २ लाख रुपैयाँ तथा एउटा बाइक मागेको तर ती महिलाका बाबुले दिन नसकेपछि सम्बन्ध बिगि्रएको थियो । पीडित महिलाका अनुसार उनका लोग्नेले आफ्नै बहिनीको सहयोगमा उनलाई पोर्न फिल्म बनाउनेलाई बेचेका थिए । उनलाई ७ लाख भारुमा बेचिएको थियो । आफुलाई दामकाम गरेर बेचिएको र भोलि बिहान किन्ने मान्छे आउने सुइँको पाएपछि उनी रातारात घरबाट भागेर आफ्नो माइती बिहार पुगेकी हुन्

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~श्रीमतीले दाइजो नल्याएको निहुँमा पोर्न फिल्म निर्मातालाई ७ लाखमा बेचियो???>>>. "
Leave a reply