~~~बच्चा भएपछि सहवासमा किन रुचि घट्छ ????>>>

Posted by Anonymous on | 0 comments


म २५ वर्षीया विवाहित महिला हुँ। मेरो पाँच वर्षको बच्चा छ। मलाई अहिले यौनसम्पर्कमा खासै रुचि हुँदैन। श्रीमान् यौनसम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ? एम श्रीमान्–श्रीमतीबीच शारीरिक सम्पर्क बन्द भएपछि उनीहरूबीचको सम्बन्धमा पनि खटपट सुरु हुन्छ भन्ने मान्यता राख्नेहरू धेरै छन् । जवानी छ“दै दम्पतीबीच सहवास नहुनु भनेको निश्चय पनि राम्रो होइन। सहवास नहुँदा मनमुटाव बढ्छ, अविश्वास पैदा हुन्छ र अन्तिममा दाम्पत्य जीवन नै टुंगिन बेर लाग्दैन । सहवासले दम्पतीमा एकअर्काप्रति विश्वास बढाउ“छ र सम्बन्धलाई अझै बलियो र दिगो बनाउँछ।तनाव र चिन्ताले उनीहरूलाई यौनसम्पर्कका लागि झनै असमर्थ बनाउँछ। त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौनजीवनको एक महत्वपूर्ण विषय हो, जसबाट गर्भावस्थामा समेत महिलामा सहवासका लागि सामर्थ्य वृद्धि हुन्छ र पुरुष पार्टनरले यौन सन्तुष्टि प्राप्त गर्छन्। महिला वा पुरुषमा उत्पन्न हुने सहवासप्रतिको अरुचिले सम्बन्धमा खटपट ल्याउने खतरा हुन्छ। महिलाहरू गर्भवती भइसकेपछि आफ्नो पार्टनरलाई आफूले यौन सन्तुष्टि दिन नसक्ने र पार्टनरको मन बिच्किन सक्ने भन्दै निकै चिन्तामा हुन्छन्। यो तनाव र चिन्ताले उनीहरूलाई यौनसम्पर्कका लागि झनै असमर्थ बनाउँछ। त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौनजीवनको एक महत्वपूर्ण विषय हो, जसबाट गर्भावस्थामा समेत महिलामा सहवासका लागि सामर्थ्य वृद्धि हुन्छ र पुरुष पार्टनरले यौन सन्तुष्टि प्राप्त गर्छन्। बच्चाको जन्म भइसकेपछि श्रीमान्–श्रीमतीको यौन सुखमा केही असर पर्न सक्छ। श्रीमती बच्चाको हेरचाहमा व्यस्त तथा थकित बन्नुपर्ने र पुरुषसमेत घरव्यवहारमा बढी नै सामेल हुनुपर्ने भएकाले यौनिक सन्तुष्टिको विषय प्राथमिकतामा नपर्न सक्छ। यस्तो अवस्थामा समेत दम्पतीले आफ्नो यौनजीवनमा ऊर्जा भर्न सक्छन्। त्यसका लागि केही समय बच्चाबच्चीलाई अभिभावक, केयर सेन्टर वा आफ्ना साथीहरूकोमा पठाएर दुईजना मात्रै कुनै नया“ ठाउँमा घुम्न निस्कने वा बचेको समयलाई यौनिक सुखका लागि भरपुर उपयोग गर्नु हितकर हुन्छ। महिलाहरू आमा बनिसकेपछि यौनिक सुखका विषयमा आत्मविश्वास गुमाउँदै जाने मात्र होइन, आफ्ना श्रीमान्‌प्रति पनि बढी नै शंकालु बन्ने गर्छन्। पुरुष पनि श्रीमतीलाई घरधन्दा सबै सुम्पिएर एक्लै रमाउने प्रवृत्ति बढाउँछन् र उनीहरूले श्रीमतीले आफूलाई समय नै नदिएको भनी गनगनसमेत सुरु गर्छन्। यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव सुरु हुन बेर लाग्दैन । त्यसैले बच्चाको हेरचाह र घरधन्दाको काम एक्लैले नगरी आफ्नो श्रीमान्लाई समेत त्यसमा लगाउने र बाँडीचुँडी घरधन्दा गर्ने गरेमा प्रभावकारी बुझाइको विकास हुने मात्र होइन, समयको बचत हुने र बचेको समयलाई दम्पतीले चाहेअनुसार काममा लगाउन सक्छन्। आमा बनिसकेपछि महिलामा आफ्नो सौन्दर्यको विषयलाई लिएर हीनताबोध बढ्दै जाने, यौनमा अरुचि बढ्ने तथा यौनसम्पर्क र यौनिक सुखका विषयमा विश्वास घट्दै जानेजस्ता समस्या देखापर्छन्। यसले महिलाको पारिवारिक तथा यौनजीवनमा असर त पर्छ नै उनको पार्टनर वा श्रीमान्को हकमा समेत नकारात्मक असर पार्दै जान्छ र अन्ततः त्यसले पारिवारिक विखण्डनको अवस्थासमेत निम्त्याउन सक्छ। तसर्थ, दाम्पत्य सम्बन्धको मुख्य कडीको रूपमा रहेको सहवास वा यौनिक सुखको विÈयलाई सदाबहार बनाउन श्रीमान्–श्रीमतीबीच आपसी समझदारी हुनुपर्छ।

0 comments for " ~~~बच्चा भएपछि सहवासमा किन रुचि घट्छ ????>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives