Breking News...बर्खरै अस्पतालबाट एक जना बिरामीले चिठी लेखेर हाम्फालेर आत्महत्या गरे हेर्नुहोस्..(भिडियो सहित )..

Posted by News NP on | 0 comments


३२ जेठ, काठमाडौं । अस्पतालमा मानिसहरु उपचार गर्न जान्छन् । तर ५२ वर्षीय गोपिकृष्ण बास्ताकोटीले एकाबिहानै अस्पताल पुगेर आत्महत्या गरेका छन् ।

चाबहिल बस्ने बास्ताकोटी घरबाट बिहान ५ बजे मर्निङ वाकका लागि निस्केका थिए । करिब ६ः४५ बजे काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पुगे । उनी बेरोकटोक मुख्य भवनको चौथो तल्लामा उक्लिए । बरण्डामा निस्केर केहीबेर मोबाइलमा कुरा गरे । कागज र कलम खोजे । त्यसमा केही लेखे । जुत्ता मोजा खोले । अनि हाम्फाले ।

‘त्यो बिचमा को-कोसँग फोनमा कुराकानी भएको थियो हामी अनुसन्धान गर्दैछौं,’ गौशाला बृत्तका डिएसपी नवराज कार्कीले अनलाइनखबरसँग भने ।

बरण्डाबाट मान्छे खसेको देखेलगत्तै अस्पतालले बास्ताकोटीलाई उपचारका लागि भित्र लगेको थियो । तर छाती र टाउकोमा चोट लागेका उनलाई केहीबेरमै अस्पताललले मृत घोषणा गर्‍यो ।

बास्ताकोटीको साथबाट सुसाइड नोट भेटिएको छ । नोटमा उनले लेखेका छन्, ‘अस्पताललाई कुनै दोष नलगाउनु, सिधै लास बुझनु ।’

यसमा परिवारको पनि कुनै दोष नरहेको भन्दै उनले भाइको मोबाइल नम्बर समेत राखेका छन् ।

२०७३ जेठ ३२ गते १८:४६ मा प्रकाशित

0 comments for " Breking News...बर्खरै अस्पतालबाट एक जना बिरामीले चिठी लेखेर हाम्फालेर आत्महत्या गरे हेर्नुहोस्..(भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives