-अर्काको पत्नीसंग सेक्स गर्नेलाई अब...यस्तो सजाय... जिन्दगीमै भुल्न नसक्ने पुरा समाचार पढ्नुहोस्...

Posted by News NP on | 0 comments


काठमाडौं । व्यक्तिको परस्त्रीगमन कस्तो हुन्छ होला ? यस्तो अवस्थामा धर्मले कस्तो दण्ड दिन्छ ? आउनुस् यस विषयमा चर्चा गरौँ ।अठ्ठार पुराणको एउटा पुराण छ, गरुड पुराण । गरुड पुराणमा भगवान विष्णुले गरुडलाई जीवन र मृत्युको रहस्यका विषयमा जानकारी दिएका छन् । यो पुराणमा मृत्युपछि हुने भनिएको यात्रा यानी यममार्गका बारेमा वर्णन गरिएको छ ।वर्णनमा भनिएको छ, यमको दूतले मृत्युपछि पापी व्यक्तिहरूको आत्मालाई यमराज समक्ष लैजान्छन् । मनुष्यको आफ्नो कर्मअनुसार यमराजले सजाय तोकी दिन्छन् । सजाय पूरा भएपछि जीवले आफ्नो कर्मअनुसार योनीमा जन्म लिन्छ ।

यसमा परस्त्रीसँगको सम्बन्धका विषयमा अलग–अलग सजायका बारेमा बताइएको छ । व्यक्तिले परस्त्रीसँग कस्तो सम्बन्ध राख्छ वा रहन्छ यसमा पनि व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।कुमारी अथवा अल्पायु कन्यासँग यौनसम्बन्ध राखेमा गुरुढ पुराणका अनुसार कडा सजायको व्यवस्था रहेको छ । जुन स्त्री आफ्नो पतिलाई छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्छिन् उनलाई यमलोकमा बल्दै गरेको रातो र तातो फलामको भट्टीमा हाल्ने गरिन्छ ।गरुडा पुराणका अनुसार पापको सजाय पूरा भएपछि यस्ता स्त्रीहरूले चेपारो, छिपकली अथवा दुई मुख भएको सर्पको रुपमा जन्म लने मान्यता रहेको छ ।

पुरुषका सम्बन्धमा परस्त्री गमनका विषयमा रोचक प्रसङ्ग गुरुड पुराणले उल्लेख गरेको छ । जो पुरूषले आफनै गोत्रकी स्त्रीसँग यौन सम्पर्क गर्छन्, त्यस्ता पुरुषले स्यालको जन्म पाउने विश्वास गरिएको छ ।कुमारी अथावा अल्पायु कन्यासँग यौनसम्बन्ध राख्ने पुरुषका सम्बन्धमा गरुडा पुराणले नर्कमा घोर यातना सहनु पर्ने व्यवस्था गरेको उल्लेख गरेको छ । त्यसपछि त्यस्ता पुरुषले अजिङ्गरको योनीमा जन्म लिने बताइन्छ ।जो व्यक्ति काम भावनाबाट पीडित भएर गुरूकी पत्नीलाई ताक्छन् त्यस्ता पुरुषले नर्कको बास र यातनासहित छिप्कलीको योनीमा जन्म लिने गरुड पुराणले जनाएको छ ।मित्रसँग विश्वासघात गरेर उसकी पत्नीसँग यौनसम्बन्ध राख्नेलाई कठोर सजायपछि यमराजले गधाको योनीमा बास गराइ गधाको जन्म दिने विश्वाससहितका रोचक प्रसङ्ग गुरुड पुराणमा उल्लेख छ ।

0 comments for " -अर्काको पत्नीसंग सेक्स गर्नेलाई अब...यस्तो सजाय... जिन्दगीमै भुल्न नसक्ने पुरा समाचार पढ्नुहोस्... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives