बर्खरै मात्र रिलिज भएको ..यो तिम्रो माया हेर्नुहोस्..(भिडियो सहित )..
Posted by News NP on | 0 comments
लामो समयदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक श्याम कार्कीको डेब्यू एल्बम ‘ट्वान्टी सिक्सटिन’ काठमाडौंमा सार्वजनिक भएको छ । मोडलिङमा समेत सक्रिय रहेका गायक कार्कीको यो एल्बममा आधुनिक तथा पप शैलीका गीत-संगीत समावेश गरिएको छ ।
सार्वजनिक गरिएको एल्बममा छ वटा गीत समावेश छन् । एल्बममा समावेश गरिएका गीतहरुलाई बिराट कडरिया, अर्जुन पोखरेल, राजन तिमिल्सिना, राम सिटौला तथा रवि मल्लले संगीतबद्ध गरेका छन् । रबि मल्ल, सुशिला पौडेल, रुपा पाण्डे, राजन तिमिल्सिना, बिमल गौतम तथा राम सिटौला एल्बमका गीतका रचनाकारहरु हुन् । द रिबेल क्रिएसनले यो एल्बमलाई बजार व्यवस्थापन गरेको हो ।
‘ट्वान्टी सिक्सिटन’ एल्बममार्फत गायन क्षेत्रमा आउनुअघि नै गायक कार्की मोडलिङमा स्थापित भैसकेका छन् । उनले पहिलोपटक मोडलको रुपमा गायक विवेक सिटौलाको ‘पागलसरी’ गीतमा अभिनय गरेका थिए । त्यसपछि उनले गायक उदित नारायणको स्वर तथा अर्जुन पोखरेलको संगीतको ‘सर्माएर लजाएर’ शीर्षकको गीतमा पनि अभिनय गरेका छन् । यसबाहेक उनले चलचित्र ‘माइतीघर’ को ‘नमान लाज यसरी’ शीर्षकको गीतको म्युजिक भिडियोमा पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसंग अनस्क्रिन रोमान्स गरिसकेका छन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " बर्खरै मात्र रिलिज भएको ..यो तिम्रो माया हेर्नुहोस्..(भिडियो सहित ).. "
Leave a reply