अब काठमाण्डौमा पानी फालाफाल..मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने..

Posted by News NP on | 0 comments


काठमाडौँ, १२ जेठ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ ।


उक्त परियोजनाबाट काठमाडौँ उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ । अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ । सर्वसाधारणले काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोलालगायत स्थानबाट ट्याङ्करमा आयात र जमिनमुनिको स्रोतबाट नपुग पानीको व्यवस्थापन गरेका छन् ।

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले करिब एक दशकभन्दा लामो समयदेखि जारी आयोजना अब एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी संरचना निर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँले मेलम्चीको सुरुङ्ग बलियोसँग निर्माण गर्नका लागि सुरुङ्ग क्षेत्रका विभिन्न स्थानमा दक्ष र अनुभवी प्राविधिक जनशक्तिले छिटो र छरितो कार्य गरिरहेको बताउनुभयो ।

0 comments for " अब काठमाण्डौमा पानी फालाफाल..मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives