-एउटा बलात्कारको घटना जसले देशै हल्लायो

Posted by hawa sansar on | 0 comments


‘जब म उठें । त्यतिबेला ३२ भन्दा बढी पुरुषहरु मेरो शरिरमा खेलिरहेका थिए । म घर जान चाहन्थें ।’– ब्राजिलमा सामूहिक बलात्कारको सिकार बनेकी १६ वर्षकी युवतीले रुदैँ भनेकी छिन् । अहिले उनी चिकित्सकहरुको निगरानी छिन् र चिकित्सकहरुले उनलाई यौनरोगबाट बच्नका लागि विभिन्न औषधीहरु दिइरहेका छन् ।


राजधानी रियो दि जेनरियोको पश्चिमी इलाकास्थित एक गरिब बस्तीमा घटेको सामूहिक बलात्कारको घटना अहिले विश्वमै बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा यस प्रकरणको भिडियो सार्वजनिक भएपछि केही ब्राजिलीहरुले उल्टै पिडितलाई नै दोष लगाएका छन् । उनीहरुले पिडितले छोटो स्कर्ट लगाएको, उनी ड्रग्स प्रयोगकर्ता रहेको र रक्सी खाएर होसमा नरहेको भन्दै कमेन्ट गरेका छन् ।

८ सयभन्दा बढी यस्ता घृणित कमेन्टहरु समाजिक सञ्जालमा आएपछि फुटबलरहरुको देश भनेर चिनिने ब्राजिलको प्रतिष्ठामा धक्का लागेकोे छ । के ब्राजिल साँच्चै बलात्कारीहरुको देश हो ? ब्राजिलमा बलात्कारजस्तो घृणित काम अब संस्कृति नै बनिसक्यो ? अभियन्ताहरुले प्रश्न ते¥र्याएका छन् ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट
ब्राजिलमा १६ वर्षकी युवती बलात्कार मात्रै परिनन् । बलात्कृत भएर आइतबार बिहान घर फर्केकी यी युवतीले अर्को दिन समाजिक सञ्जाल ट्वीटरमा आफू बलात्कृत हुदाँको भिडियो देखिन् । बलात्कारीहरुले उनी अचेत रहदाँ नाङगा तस्बिरहरु खिचेर ४० सेकेन्डको आपत्तिजनक भिडियो समाजिक सञ्जालमा पोस्ट गरे ।
_89816689_rapetweet1
बेहोस थिइन् बलात्कृत युवती
शनिबार बलात्कारको घटना घटेको थियो । त्यसपछि मंगलबारसम्म भिडियो समाजिक सञ्जालमा भाइरल बन्यो । अहिले प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी कार्य तिव्र पारेको छ । प्रहरीसँगको बयानका क्रममा पिडित आफ्नो प्रेमीको घर जाँदै गर्दा अपहरणमा परेको बताएकी छिन् । ‘ब्युझँदा म अर्कैको घरमा थिए र मलाई थुप्रै पुरुषहरुले घेरिरहेका थिए । त्यसपछि मात्रै मलाई होस आयो ।’– बलात्कृत युवतीले भनेकी छिन् । यस प्रकरणपछि उनका प्रेमिसहित चार व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

उल्टै पिडितको उपहास
यो घटनालाई लिएर परस्पर विरोधी भनाईहरु सार्वजनिक भइरहेका छन् । ४० सेकेन्डको भिडियो अपलोड गर्नेको एकाउन्ट निलम्बनमा पर्नुअघि यो भिडियो व्यापक रुपमा शेयर भएको थियो । बलात्कृत किशोरीकी हजूरआमाले स्थानीय मिडियासँग कुराकानी गर्दै भिडियो हेरेर परिवार रोएको बताएकी छिन् –‘यो भिडियो हेरेपछि मलाई किन यस्तो भिडियो हेरेँ भनेर पश्चाताप भयो । जब हामीले पहिला यस घटनाका विषयमा सुनेका थियौँ त्यतिबेलासम्म हामीलाई विश्वास नै थिएन । यो धेरै ठूलो पिडा हो । यसले हाम्रो परिस्थितीलाई थप कठीन बनाइदिएको छ ।’– फोल्हा डि साओ पावोलो पत्रिकासँगको कुराकानीमा पिडितकी हजूरआमाले भावूक हुदैँ भनेकी छिन् –‘उनी ठीक छैनन् । निकै गम्भिर अवस्थामा छिन् । उनको होश छैन् ।’

सामाजिक सञ्जालमा भिडियो शेयर भएपछि कतिपयले उल्टै बलात्कृत युवतीको उपहास गरेका छन् । महिलाको गुप्ताङगमा बलात्कारीले हात राखेको तस्विरमा जुनिन्हो नामका एक व्यक्तिले कमेन्ट गरेका छन् – ‘रियो दि जेनरियोमा स्पिड रेल्वेका लागि अब नयाँ टनेल खुल्यो ।’ त्यस्तै अर्का एक व्यक्तिले उनको नग्न तस्विरलाई मजाक बनाउँदै लेखेका छन्–‘म प्रेममा परेँ । हाहाहा ।’ अर्को एकाउन्टबाट स्ट्याटस आएको छ –‘३० जनाले एकैपटक बलात्कार गर्दा गर्भ बस्छ त ?’

स्तब्ध छन् ब्राजिलीहरु
बिबिसीकी ब्राजिलस्थित संवाददाता जुलिया कार्नियरो यो घटनाले पुरै ब्राजिललाई स्तब्ध बनाएको बताउँछिन् । ३ महिनापछि ओलम्पिक खेलको आयोजना गर्न गइरहेको ब्राजिलको अन्तर्राष्ट्रिय प्रतिष्ठामा यस घटनाले दाग थपिदिएको छ । अभियन्ताहरुले यसै घटनाको विरोधमा आगामी दिनमा प्रदर्शन गर्ने भएका छन् । भावविव्हल भएका सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले इस्टुप्रोनुन्कामेइस नामक ह्यासट्याग प्रयोग गरिरहेका छन् , जसको अर्थ बलात्कार कहिल्यै नहोस् भन्ने हुन्छ ।
ब्राजिलमा थुपै्र पत्रकारहरुले यस घटनालाई अतिरन्जित बनाउनका लागि सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने बलात्कारीको विरुद्धमा व्यङग्यात्मक तस्विर र कार्टूनहरु बनाएर पोस्ट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको युएन महिला समूहले विज्ञप्ती जादैँ गर्दै घटनाको छानविन गर्न ब्राजिली अधिकारीहरुसँग माग गरेको छ । तर पिडितलाई सम्मान गर्दै फेरि उनलाई पिडित नबनाउन आग्रह गरेको छ । पिडितका निजी कुराहरु गोप्य राख्दै छानविन अघि बढाउन युएन महिला समूहले माग गरेको छ । विज्ञहरु लाज र विभिन्न आरोपको सामना गर्नुपर्ने डरका कारण ब्राजिली महिलाहरु बलात्कारको मुद्धामा मौन रहने गरेको बताउँछन् ।

ब्राजिली सञ्चारमाध्यमसँग सर्वसाधारण रुष्ट
यस घटनामा ब्राजिली सञ्चारमाध्यमहरुले निकै ढिला मात्रै चासो राखेको भन्दै सर्वसाधारण रुष्ट बनेका छन् । समाजिक सञ्जालमा यो भिडियो सार्वजनिक भएपछि मात्रै ब्राजिली सञ्चारमाध्यमहरुले समाचार प्रशारण र प्रकाशन गरेका थिए ।

यसअघि समाजिक सञ्जालमा पिडितलाई नै दोषी देखाएर बलात्कारीहरुले उन्मुक्ती खोज्दै गरेको भन्दै प्रयोगकर्ताहरुले इस्टुप्रोनाओइकुल्पाडाभिटिमा नामक ह्यासट्याग प्रयोग गरेका थिए । यस ह्यासट्यागको अर्थ बलात्कार कहिल्यै पिडितहरुको गल्तिले हुदैँन भन्ने हो । यस बहसका क्रममा कतिले किशोरीलाई नै गल्ति देखाउँदै उनी रक्सीले मातेकी थिइन् र उनले छोटो स्कर्ट लगाएकी थिइन् समेत भन्न भ्याएका छन् ।

_89814397_rapetweet3 (1)
केही सञ्चारमाध्यमहरुले समेत सुरुआतमा पिडितलाई नै उल्टो आरोप लगाएका थिए । ब्राजिलको चर्चित ओ ग्लोबो नामक पत्रिकाले पिडित युवती ड्रग्स प्रयोगकर्ता रहेको लेख प्रकाशित गरेको थियो । यस लेखले बलात्कारीलाई प्रोत्साहन दिएको भन्दै विश्वव्यापी रुपमा अहिले यसको विरोध भइरहेको छ ।

दोष जत्ति पिडितलाई
ब्राजिली मूलकी मेक्सिकन अभिनेत्री गिसिली इटी सञ्चारमाध्यमले नै बलात्कारलाई प्रश्रय दिएको बताउँछिन् । उनले भनेकी छिन्–‘यसमा सञ्चारमाध्यम पनि दोषी छ । महिलालाई सबै उत्पादनको विज्ञापनमा सेक्सी तवरबाट देखाइन्छ ।’– उनले भनेकी छिन्–‘बलात्कारका घटनालाई हाइलाइट् गरेर देखाउने पत्रपत्रिकाको दोष हो यो । रक्सी, ड्रग्स, छोटो स्कर्ट वा नाङो हुनुले कुनै अर्थ राख्दैन । यो कहिल्यै पिडितको गल्ति हुनै सक्दैन ।’

पछिल्लो तथ्याङकले ब्राजिलमा प्रत्येक ११ सेकेन्डमा एक महिलाको बलात्कार हुने गरेको देखाउँछ । सन् २०१४ मा ४६ हजार ६ सय बलात्कार मुद्धा ब्राजिलमा दर्ता भएका थिए । तर बलात्कृत हुनेको वास्तविक संख्या योभन्दा निकै धेरै रहेको अनुमान छ । विज्ञहरु डर, धम्की र सामाजिक बहिस्कार हुनसक्ने त्रासका कारण केवल १० प्रतिशतले मात्रै बलात्कारका घटनामा उजूरी गर्ने गरेको बताउँछन् ।

महिला हत्याका कारण समेत विश्वमा ब्राजिलको बद्नामी हुने गरेको छ । ब्राजिल विश्वमा सबैभन्दा धेरै महिला–हत्या हुने देशको सूचिमा पाँचौ स्थानमा छ । पछिल्लो १० वर्षमा ब्राजिलमा गोरो वर्णका महिलाको तुलनामा काला जातिका महिलाको हत्या धेरै हुने गरेको संयुक्त राष्ट्रसंघको तथ्याङकले देखाएको छ । ‘हिंसाको संस्कृति सधैँ विद्यमान छट ।

मेरो बुझाईमा पछिल्लो समय सामाजिक सञ्जाल र प्रविधीका कारण मात्रै यो बाहिर आएको हो । तर यस्ता विषय सार्वजनिक हुदाँ महिला हिंसामा कमी आउनुको सट्टा पछिल्लो समय उल्टै महिला हिंसा बढेको छ ।’– महिला हिंसाका विषयमा विज्ञ मानिने अना पाउला पोर्टेलाले भनेकी छिन् । उनले बलात्कारको विषयलाई गम्भीर रुपमा लिनुको सट्टा ब्राजिली संसद् उल्टो दिशामा गएको बताइन् ।

यसअघि निलम्बित सांसद् तथा सभामूख इडुवार्डो चुन्हाले पिडित महिलाले बलात्कारमा परेपछि बसेको गर्भको बच्चालाई फाल्न नपाउने विधेयक ल्याउन प्रस्ताव गरेका थिए । यदी त्यस्तो विधेयक कार्यान्वयनमा आएको भए अहिले बलात्कारमा परेकी यि किशोरीको गर्भपतन गराउन पाउने अधिकारको समेत हनन हुने थियो ।

0 comments for " -एउटा बलात्कारको घटना जसले देशै हल्लायो "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives