-मनिषाको घरमा पुग्दा जे देखियो, सुनियो

Posted by hawa sansar on | 0 comments


१४ जेठ, नवलपरासी । शुक्रबार फुटबल खेलाडी विमल घर्तीमगरको नवलपरासीस्थित घरमा पुग्दा सन्नाटाको वातावरण थियो । मनिषाको शव लिएर आमा पनि काठमाडौं गइसकेकी हुनाले घरमा हजुरबुवा र फुपू आएर बसेका थिए । घरमा आफन्त, छिमेकी र साथीहरुको आउजाउ पनि चलिहरेको थियो । सबै शोकाकुल देखिन्थे ।
हामीले जोसँग कुरा गर्दा पनि मनिषाको शालिन स्वभावको प्रशंसा गरे । सबैको एउटै स्वर थियो, ‘मनिषाले आत्महत्या गर्नै सक्दिनन् । यो हत्या नै हो ।’
मनिषाका साथीहरुले उनको प्रेम सम्वन्धका केही नयाँ तथ्यहरु दिएका छन्, जसले घटनाको विषयमा निष्कर्षमा पुग्न सहयोग गर्छन् । हामीले सबैका भनाइलाई जस्ताको तस्तै पेश गरेका छौं ।
आशिषले भनेका थिए, आज जे पनि हुन सक्छ
सिलु सुनार, गाउँकी साथी 

Silu-Sunar-Final
म र मनिषा अति मिल्थ्यौँ । घटनाको दिन बिहीबार पनि हामी यहीँ नजिकैको भगजनी भन्ने ठाउँमा घुम्न गएका थियौँ । मनिषा ११ कक्षाको अन्तिम परिक्षा दिएर आएकी थिइन् । परिक्षा सकिएपछि घुम्न निस्किने प्रस्ताव उनले पहिले नै राखेकी थिइन् । यो कुरा आशिष चौधरीलाई पनि थाहा थियो ।

हामी घुम्न जाँदा मनिषाको मोबाइलमा दिउँसो करिब २ बजे आशिषको फोन आयो । उनले फोनमा ‘कहाँ घुम्न गएकी छस् ? किन गइस् ? कोसँग गइस् ?’ जस्ता विभिन्न प्रश्न गर्दै गाली गरे । त्यसपछि मनिषा र म घर फर्कियौं ।
आशिषले मनिषामाथि धेरै शंका गर्थे । मनिषाले कोही केटासँग बोले मात्रै पनि आगो हुन्थे ।
हामी घर फर्किएपछि मनिषाले आफ्नो मोबाइल स्विच अफ गरेकी थिइन् । त्यसपछि आशिषले मेरो मोबाइलमा फोन गरेर भने, ‘म मनिषाको घर सामान लिएर आउँदै छु । उसलाई भन्देऊ, आज जे पनि हुन सक्छ ।’ त्यती भनेर फोन राखे । त्यसबेला मैले मोबाइलको लाउडस्पिकर अन गरेको थिएँ । मनिषाले उसको सबै कुरा सुनेकी थिइन् । त्यो कुराहरु सुनेपछि मनिषा डराएकी थिइन् । अनि त्यसको एकछिन पछि म आफ्नो घर गएँ । भोलिपल्ट बिहानै आशिषले मलाई फोन गर्दै भने, ‘मनिषालाई फोन उठाउन भन त, उसले रातिदेखि फोन नै उठाएको छैन ।’
फिल्म हेर्न जाने योजना थियो
सोना पटेल, कलेजकी साथी
sona patel
मनिषासहित हामी ४ जना साथीहरुको ग्रुप थियो । हामी जति बेला पनि सँगै हुन्थ्यौं । अशिष दाइ कलेजको क्यान्टिनमा आउनुहुन्थ्यो र मनिषालाई बोलाउनुहुन्थ्यो । मनिषा र आशिष दाइको क्यान्टिनमा भेटघाट हुन्थ्यो ।

आशिष दाइले मनिषालाई कहिँ पनि जान दिनुहुन्थेन । कोही केटासँग बोल्न पनि दिनु हुन्थेन । कलेजमा पनि मनिषा कोही केटासँग बोल्यो भने कराउनु हुन्थ्यो । घटनाको दिन हाम्रो परीक्षा सकिएको थियो । र, हामी ४ जना घर आउँदै थियौं ।
अनि मनिषाले ‘आज धेरै दिनपछि बल्ल फेसबुक चलाउन पाएको छु सबैजना फेसबुकमा अनलाइन आउन है’ भन्दै थिइन् । आशिष दाइले मनिषाको परिक्षा बिग्रिन्छ भन्ने बहानामा फेसबुकको पासवर्ड परिवर्तन गरिदिनुभएको रहेछ । आज पासवर्ड दिनुभएको छ भन्दै थिइन् मनिषाले । बाटोमै मनिषाले २८ गते नयाँ फिल्म लाग्छ हेर्न जाउँ न भनिन् । हामी सबैले ल हुन्छ भन्यौ र छुटि्टयौं ।
उनीहरु दुईजना बीच दुईतर्फी प्रेम सम्बन्ध थियो । तर, आशिष दाईले मनिषमाथि बढी शंका गर्नुहुन्थ्यो । मनिषा निकै सोझी थिइन् । अरु केटाहरुसँग बोल्न इन्ट्रेस्ट पनि थिएन मनिषालाई । कहिलेकाहीँ झगडा भयो भने आशिष दाइले मनिषाले दिएका गिफ्टहरु फुटाल्दिने, फर्काइदिने जस्ता कामहरु गर्नुहुन्थ्यो । अनि रिसाएको बेला दुवै जनाले हात काट्थे । मनिषाले आशिषलाई नै माया गर्छु भन्थिन् । तर, मलाई लाग्दैन कि मनिषाले आत्महत्या गर्न सक्छ । मनिषा त मर्नबाट निकै डराउँथिन् ।
मृत्युसँग डराउँथिन्
माया भुसाल, मनिषाकी फुपु
Maya Bhusal
मनिषा मेरो घरमा गइरहन्थी । मेरो घर पश्चिम कपिलवस्तुमा पर्छ । वैशाख १० गते पूजा थियो । मनिषा मेरो घर पूजामा आएकी थिइन् । आशिषसँग प्रेम सम्बन्ध थियो । कहिलेदेखि थियो भन्ने थाहा छैन ।

तर, मनिषा मेरो घर बस्दा उसको फोन आएको थियो । मैले कसको फोन हो भनेर सोध्दा उसले दाइको साथीको भनेकी थिइन् । अनि मैले तिमीहरुको सम्बन्ध के छ भनेर सोध्दा उसले यस्तै (?) सम्बन्ध हो भनेकी थिइ ।
मनिषा मृत्युको कुराबाट डराउँथी । मान्छेहरु किन आत्महत्या गर्छन् होला, म त यस्तो सोच्न पनि सक्दिन भन्थी ।
आत्महत्या हुनै सक्दैन
बहबहादुर थापा, छिमेकी
baha bahadur thapa
मनिषा निकै असल सोझी केटी थिइन् । धेरै नबोल्ने, घरबाट बढी बाहिर नहिँड्ने स्वभाव थियो । मनिषाले आत्महत्या गरेको भन्ने पनि हल्ला छ, तर मलाई विश्वास लाग्दैन कि मनिषाले आत्महत्या गर्न सक्छिन् । घाँटीमा, तिघ्रा र ढाडमा निलो डाम देखिएको छ । शवको प्रकृति हेर्दा घाँटी अठ्याएर हत्या गरेको जस्तो लाग्छ । झुण्डिएर आत्महत्या गरेको हो भने ढाड र खुट्टामा केको डाम हो ?

घरको विजुली मेन स्विच अफ थियो । घरको ढोकामा बाहिरबाट कसरी चुक्कुल किन लाग्यो जस्ता प्रश्नहरु उब्जिएका छन् । घटनाको दिन आशिष चौधरीले मादकपदार्थ सेवन गरेका मैले सुनेका थिएँ । चौधरी दिनभरी घर वरपर मोटरसाइकलमा हिँडिरहेका थिए । घटना हुँदा बाहिर छिमेकीहरु कसैले केही पत्तो पाएनन् ।
मेरो सबै स्याहारसुसार गर्थिन् 
नरबहादुर धर्ती मगर, मनिषाको हजुरबा
manisha ko grandfather.
म घटनाको दिन छोरीको घर चितवन गएको थिएँ । चितवन जाँदा नातिनीले वुवा धेरै दिन नबस्नुहोला, २/३ दिनमै फर्किनुहोला है भनेकी थिइ । झोलामा लुगाफोटो उसैले राखिदिएकी हो । ५ सय रुपैयाँ पनि दिएकी थिइन् ।

मैले चप्पल लगाएर जान खोज्दा मनिषाले चप्पल लगाए जाने होइन भन्दै चप्पल फालदिई । र, विमलको जुत्ता लगाइदिएकी थिइन् मेरी नातिनीले । यदि म त्यो दिन घरमै बसेको सायद यस्तो हुने थिएन होला ।
मेरो नातिनी साह्रै असल थिइन् । धेरै नबोल्ने, धेरै हिँडडुल नगर्ने बानी थियो । मलाई औधी माया गर्थी । बिहान-बेलुका मलाई खाना-पानी दिन्थिन् । बाल्यकालमा विमल र मनिषाको स्याहारसुसार मैले नै गरेँ। अहिले मलाई बुढेसकालमा स्याहार सुसार नातिनीले गर्थिन् ।

0 comments for " -मनिषाको घरमा पुग्दा जे देखियो, सुनियो "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives