-बस दुर्घटनामा एघार घाइते

Posted by News NP on | 0 comments


३१ वैशाख, तनहुँ।

चितवनको मुग्लिङबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको बस बिहीबार दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।


आँबुखैरेनी पावर हाउसनजिकै बस अनियन्त्रित भई सडकबाट ७५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा रुकुमखोला–२ का २१ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ४० वर्षीय बेलबहादुर विक, बन्दीपुर–८ की ३० वर्षीया गनिमाया मगर, गोरखा ताप्ले–८ का ३० वर्षीय समुन्द्र भट्टराई, भानु–८ का ३० वर्षीय अमृत अधिकारी, घाँसीकुवा–३ का २७ वर्षीय विकास विक, व्यास–२ का ३४ वर्षीय काजिमान श्रेष्ठ, व्यास–८ का २० वर्षीय अर्जुन विक, व्यास–११ का ३९ वर्षीय हरिकुमार श्रेष्ठ, चितवन दारेचोकका ६४ वर्षीय कमलनारायण श्रेष्ठ र विरगन्ज घर भई हाल बन्दिपुर–१ बस्ने ५० वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् ।

घाइतेको बी एन्ड बी अस्पताल, काठमाडौँ र भरतपुर मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

0 comments for " -बस दुर्घटनामा एघार घाइते "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives