-कतै तपाईँको दुखाईको कारण तपाईँको मोबाइल वा पर्स त होइन? जान्नुहोस् विभिन्न अङ्गमा दुखाईका ५ कारण…

Posted by News NP on | 0 comments


शरीरका विभिन्न अङ्गहरूमा पीडा र दुखाईको कारण जहिले पनि भित्री बिरामी नै हुन्छ भन्ने छैन। कहिलेकाहिँ हाम्रै बेहोसी बानी र व्यवहारकै कारण पनि विभिन्न अङ्गमा दुख्ने वा सुन्निने हुन सक्छ।

यसै सन्दर्भमा एउटा सानो चुट्किला सुनौँ :-

एक व्यक्ति आफूलाई जता छोएपनि दुख्ने समस्या बोकेर डाक्टरकहाँ पुगेछ।


डाक्टर:- के भयो हजुरलाई?
बिरामी:- हजुर मलाई जता छोएपनि (औँलाले छुँदै), ऐया… ऐया… दुख्छ, डाक्टर सा’ब!
डाक्टर:- ए! तपाईँको त औँलामै घाउ भएको रै’छ, अनि किन दुख्दैन तनि?

यस्तै-यस्तै स-साना कुराले गर्दा हामीले पत्तो नै नपाई दुख्ने अनि पीडा हुने गर्दछ र यसैलाई ठूलै समस्या भन्ठानेर मानिसहरू अस्पताल जाने र अनावश्यक खर्च गर्ने गर्छन्।

आज हामी तपाईँहरूलाई बताउन गैरहेका छौँ कि यस्ता केहि रोचक कारणहरू चन्, जसको कारण तपाईँका विभिन्न अङ्गमा दुखाई हुने गर्दछ-
१. पाइतला, कुर्कुच्चा र घुँडाको दुखाई

कहिलेकाहिँ तपाईँले लगाउने चप्पल अथवा जुत्ताको कारण पनि पाइतला, कुर्कुच्चा र घुँडाको दुखाई भोग्नुपरेको हुन सक्छ। यदि चप्पल अथवा जुत्ताको सोल गिलो फोमबाट बनेको छ भने पाइतलालाई राम्रोसँग सपोर्ट गर्ने आधार नमिल्न सक्छ, जसको कारण घुँडामा बढी दवाव पर्न जान्छ। हिलवाला जुत्ता लगाउने बानी नभएका महिलाहरूले हिल जुत्ता लगाउन सुरु गर्दा पनि यस्तो दुखाईबाट गुज्रिनुपर्ने हुन्छ। त्यसैले जुत्ता-चप्पल छान्दा आफूलाई सहज र आरामदायी हुने खालको छान्नुपर्दछ।

२. हातका औँलाको जोर्नीहरूको दुखाई

धेरै औँला पड्काउने बानी हुने व्यक्तिहरूले महशुस गर्नुभएको होला कि, कहिलेकाहिँ जतिसुकै औँला पड्काउँदा पनि चित्त बुझ्दैन, अझै पड्काऊँ जस्तो लागिरहन्छ। यस्तो बानी हुनेहरूलाई औँलाका जोर्नीहरू दुख्ने समस्याले सताउन सक्दछ। त्यसका साथै दिनैभरी कम्प्यूटरमा टाइप गरिरहने र जतिबेला पनि मोबाइलमा च्याट गरिरहने व्यक्तिलाई पनि यस्तो दुखाई हुन सक्दछ।

0 comments for " -कतै तपाईँको दुखाईको कारण तपाईँको मोबाइल वा पर्स त होइन? जान्नुहोस् विभिन्न अङ्गमा दुखाईका ५ कारण… "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives