दक्षिणकाली भगवानको मन्दिरमा अप्रत्यासित घटना,मन्दिरका सबै नाग बाहिर निस्के , फेरी अनिष्टको संकेत ! (भिडियो सहित )..

Posted by News NP on | 0 comments


काठमाडौं–राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको 'कटुवाल दह' भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।
स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । 'दिनमा चार पटकसम्म निस्कन थालेको छ' स्थानीय पञ्च बहादुर लामाले भने, 'चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।' 

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् । 

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए । अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन् । 

'पहिले ब्यक्तिगत रुपमा नागको संरक्षण गर्न जुटेका थियौं' पञ्च बहादुर लामाले भने, 'पछि सवै मिलेर कटुवाल दह क्षेत्र सुधार समितिको नाममा संरक्षण समिति गठन गर्यौं ।'

0 comments for " दक्षिणकाली भगवानको मन्दिरमा अप्रत्यासित घटना,मन्दिरका सबै नाग बाहिर निस्के , फेरी अनिष्टको संकेत ! (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives