-स्वस्थ जीवनका लागि यौन सम्बन्ध अत्यावश्यक..
Posted by News NP on | 0 comments
एजेन्सी ।
मानिसको जीवन नै यौनबाट शुरु हुन्छ । किन भने हरेक मानिसको जन्म यौन क्रिडाकै परिणाम हो । हालै गरिएको अध्यनले स्वस्थ रहनका लागि समेत यौन सम्बन्ध अत्यावश्यक रहेको देखाएको छ ।
जापानको ओकिनावा इन्स्टीट्यूट अफ साइन्स एण्ड टेक्नोलोजी ग्र्याजुएट युनिभर्सिटी (ओआईएसटी) ले ‘लिटिल फायर एन्ट’ माथि गरेको अध्यनका क्रममा यौन सम्बन्ध केवल सन्तान उत्पादनका लागि मात्र नभएर स्वस्थ जीवनका लागि पनि अत्यावश्यक रहेको तथ्य बाहिर आएको हो ।यो प्रजातिको जीवमा यौन क्रिडा गरेर र नगरीकन बच्चा जन्माउने क्षमता हुन्छ । तर यौन क्रिडाबाट पैदा भएका अण्डाबाट जीवन जन्मिन सजिलो हुने र यौन क्रिडा विनाका अण्डाबाट जीव विकाश हुन नसकेको पाइयो ।
खासगरी पुरुष जीवसँग यौन संसर्ग गरेर बच्चा जन्माउने पोंथीहरु धेरै स्वस्त रहेको तथ्यले मानिसमा पनि यो कुरा लागु हुने निष्कर्ष बैज्ञानिकहरुले निकालेका हुन् ।यो शोध ‘द साइन्स अफ नेचर’ मा प्रकाशित भएको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -स्वस्थ जीवनका लागि यौन सम्बन्ध अत्यावश्यक.. "
Leave a reply