Breking News.. बैशाख पछीको लामो समय पछी मध्यरातमा राजधानीमा भूकम्पको ठुलो झट्का!
Posted by News NP on | 0 comments
काठमाडाैं : मध्यरातमा राजधानीमा भूकम्पको झट्का ठुलो महसुश भएको छ । राती एक बजेर ७ मिनेट जादा राजधानीमा भूकम्पको झट्का महशुस भएको हो ।
‘धादिङ/नुवाकोटलाई इपिसेन्टर’ बनाएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको झट्काले मध्यरातमा राजधानीबासीलाई ब्युँझाइदिएका छन् । भूकम्पको झट्कापछि ललितपुर मानभवन क्षेत्रका सर्वसाधरणहरु केही समय सडकै निस्कीए ।
काठमाडौंका कृर्तिपुर, बौद्ध, कोटेश्वर, चावहिल लगायतका क्षेत्रका सर्बसाधरण पनि सडकमा निस्कीएको खबर स्थानीयबासीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । गोर्खामा केन्द्रविन्दु पारेर गत वैशाख १२ गतेपछिको आजको झड्का ४ सय २४ औ पटकको हो ।
गोरखा केन्द्रबिन्दु भएको सो भुकम्पका कारण आठ हजारबढी मानिसले ज्यान गुमाएका थिए भने हजारौं घरहरु ध्वस्त भएका थिए। विनाशकारी भूकम्पबाट घरबारबिहिन बनेका पीडितहरु हिमपातको चिसोले कष्टकर बिताइरहेका छन् ।


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Breking News.. बैशाख पछीको लामो समय पछी मध्यरातमा राजधानीमा भूकम्पको ठुलो झट्का! "
Leave a reply