-एमाले र मधेसी मोर्चाको हठले रंगेलीमा हिंसात्मक झडप, तीनको मृत्यु..हेर्नुहोस (भिडियो सहित )..
Posted by News NP on | 0 comments
७ माघ, मोरङ । केही दिनदेखि तनावग्रस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।
यो घटनाका लागि एमाले र मधेसी मोर्चाको हठलाई जिम्मेवार मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आउने खबर पाएपछि मधेसी मोर्चाले रंगेली केन्द्रीत आन्दोलन सुरु गरेको थियो ।
तनाव निकै बढेपछि स्थानीय प्रशासनले बुधबार नै सर्वदलीय बैठक गरेर एमालेसम्वद्ध युवा संघलाई कार्यक्रम नगर्न आग्रह गरेको थियो । एमालेले कार्यक्रम रोक्न नमानेपछि अन्य दलहरुल मधेसी मोर्चालाई अवरोध नगर्न आग्रह गरे । तर, एमाले र मधेसी मोर्चाको हठ छाडेनन्, परिणाम बिहीबार हिंसात्मक झडप भयो र तीन जनाको ज्यान गयो । यसरी भयो झडप एमालेको सभामा प्रधानमन्त्री केपी शर्मा ओली त गएनन् ।
एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए । तर, कार्यक्रम हुन नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ता विहानैबाट जम्मा भएका थिए । भालासहितका घरेलु हतियार बोकेका मोर्चाका कार्यकर्ता पानी ट्यांकीदेखि बसपार्क तर्फको बाटोमा जम्मा भए । उनीहरु कार्यक्रम स्थलतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हान्नुका साथै हवाइ गर्यो । तर, मोर्चाका कार्यकर्ता नरोकिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले झण्डै ४० राउण्ड गोली चलाएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वषर्ीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । यसैगरी डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि मृत्यु भएको छ ।
झडपका क्रममा खुकुरी समेत प्रहार भएको भेटिएको छ । खुकुरी प्रहारबाट घाइते भएका ५ जनालाई गोल्डेन अस्पताल पुर्याइएको थियो । कर्फ्यू आदेश जारी घटनापछि स्थानीय प्रशासनले रंगेलीमा कर्फ्यू आदेश जारी गरेको छ ।रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटर सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो । प्रशासनले राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।
रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले भने डाइनिया प्रहरी चौकीमा आगजनी गरेका छन् । यस्तै प्रर्दशनकारीले रंगेलीमा भएको एमालेको सभामा सहभागी भएर फर्किादै गरेको बसमा बडंगा भन्ने स्थानमा आगजनी गरेका छन् । दोषी एमाले र मधेसी मोर्चा ! काठमाडौंमा वार्ता चलिरहँदा युवा संघले रंगेलीमा कार्यक्रम राखेको थियो । तर, यसलाई अनावश्यक प्रचार गरियो । प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेर मधेसी मोर्चालाई उत्तेजित पार्ने प्रयासहरु पनि थिए । यसले एमालेले निहुँ खोज्न चाहेको जस्तो देखियो । अरु दललाई मधेसमा कार्यक्रम नै गर्न नदिने र देशको प्रधानमन्त्रीलाई आउनै नदिने भन्दै आन्दोलन गर्ने मसी मोर्चाको कदम त्यही स्तरको देखियो । स्रोत : अनलाइन खबर

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -एमाले र मधेसी मोर्चाको हठले रंगेलीमा हिंसात्मक झडप, तीनको मृत्यु..हेर्नुहोस (भिडियो सहित ).. "
Leave a reply