Breking News... बर्खरै दुई मोटरसाईकल आपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु

Posted by News NP on | 0 comments



हेटौँडा, ३ माघ-
चितवनको भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा७०प ४१७२ नंको मोटरसाइकल र हेटौँडाबाट भरतपुरतर्फ जाँदै गरेको लु१७प ३१६४ नंको मोटरसाइकल हेटौँडा नारायणघाट सडकखण्डको मनहरीमा आज साँझ एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनस्थलमै मृत्यु भएको छ ।


मृत्यु हुनेमा बा७०प ४१७२ नंको मोटरसाइकल चालक मकवानपुरको मनहरी गाविस वडा नं ३ बस्ने वर्ष २७ को गोकुल राउत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अर्का मोटरसाइकल चालक घाइते कपिलवस्तु जिल्लाको पाटन गाविस वडा नं ७ बस्ने वर्ष २१ को बालकृष्ण पोख्रेलको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments for " Breking News... बर्खरै दुई मोटरसाईकल आपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives