-भुवन केसी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक,आफ्नै छोरा हिरो.. एकदिनमा २ लाखले हेरेको ..हेर्नुहोस् (भिडियो सहित )
Posted by News NP on | 0 comments
काठमाडौं । नेपाली सिनेजगतका चर्चित अभिनेता भुवन केसीका छोरा अनमोल केसी पछिल्लो पुस्ताका चर्चित हिरोको रुपमा चिनिन्छन्न ।नेपाली फिल्म क्षेत्रमा ‘होस्टेल’ र ‘जेरी’ को सफलता पछि उनको नयाँ फिल्म ‘ड्रिम्स’ ले सोमबार प्रोमो सार्वजनिक गरिएको छ ।फिल्ममा अनमोलको अपोजिटमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेकी छन् ।
यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका अभिनेता भुवन केसीले साम्राज्ञीलाई पनि नायिकाका रुपमा आफ्नै निर्माण समेत रहेको फिल्मबाट डेब्यू गराएका हुन् । सार्वजनिक गरिएको प्रोमोमा अनमोल र साम्राज्ञीकै दृश्यलाई देखाइएको छ । युथ जेनेरेसन लभस्टोरी भनिएको फिल्मका बारेमा पटकथाकार सामीप्यराज तिमल्सेनाले भने, ‘फिल्म रेगुलर लभस्टोरी जस्तो पनि छैन ।’
उनले फिल्म मसला लभस्टोरी रहेको जिकिर गर्दै भुवन केसीले खेल्ने लभस्टोरी र छोरा अनमोलले खेल्दै आएका लभस्टोरीबीचको फ्युजन स्टोरी नै ‘ड्रिम्स’ भएको बताए । फागुन २१ मा रिलिज मिति निश्चित गरेको फिल्ममा अनमोल र साम्राज्ञीको जोडीसहित दर्शना केसी, सन्ध्या केसी, अमित श्रेष्ठ, न्यान्सी थापालगायतको पनि मुख्य भुमिका रहेको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -भुवन केसी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक,आफ्नै छोरा हिरो.. एकदिनमा २ लाखले हेरेको ..हेर्नुहोस् (भिडियो सहित ) "
Leave a reply