-रणबीर संग छुट्टिए लगत्तै रातभर सलमान संग भेटिइन् करिना

Posted by News NP on | 0 comments


मुम्बई । बलिउडका कलाकारबीच प्रेम सम्बन्ध हुनु र छुट्नु नौलो विषय होइन ।बलिउड कलाकारबीच बेलाबेलामा हुने यस्ता घटना राम्रै चर्चाको विषय भने बन्ने गरेका छन् । यतिबेला चर्चामा छ बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफको प्रेम सम्बन्ध टुटेको खबर ।


यो खबर फैलिइरहेका बेला कट्रिना भने आफ्ना पूर्वप्रेमी सलमान खानसँग भेटिएको खबरले अर्को चर्चा बटुलेको छ । उनीहरु एक पार्टीमा एकसाथ भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सलमानको नयाँ चलचित्र सुल्तानका निर्देशकले जुहूको एक क्लबमा पार्टीको आयोजना गरेका थिए । सोही पार्टीमा सलमान र कट्रिना भेटिएका हुन् ।

सन् २००९ मा ‘अजब प्रेम की गजब कहानी’ फिल्ममा सँगै खेलेपछि कैट्रिना रणवीर कपूरबीच प्रेम सम्बन्ध सुरु भएको थियो । तर पछिल्ला दिलहरुमा उनीहरुबीचको सम्बन्धमा ब्रेक भएको र रणवीर कैट्रिनालाई छोडेर आफ्ना बाबु आमासँगै बस्न थालेको बताइएको छ ।

निर्देशक अली अब्बासले सुल्तानका कलाकार तथा आफ्ना केही साथीहरुलाई पार्टीमा बोलाएका थिए । यस पार्टीमा कबीर खान र मिनी माथुर पनि सहभागी थिए ।

सलमान पनि पार्टीमा आउँने जानकारी जानकारी पाएपछि कैट्रिना पार्टीमा सहभागी भएकी थिइन् । निर्देशक अब्बाससँग कैट्रिनाको पनि राम्रो सम्बन्ध रहेको एक वेबसाइटले उल्लेख गरेको छ । पार्टीमा सलमान र कैट्रिना घण्टौँसम्म सँगै बसेर आपसी कुराकानी गरेका थिए ।

यसअघि रणवीरसँग प्रेम सम्बन्ध भएपछि कैट्रिना सलमानसँग टाढा भएपनि उनीहरुबीचको प्रेम सम्बन्धबारे सलमानले कहिल्यै केही बताएका थिएनन् ।गत वर्ष एक पार्टीमा सलमानले आफूले कट्रिनालाई खान बनाउन खोजेपनि कपुर हुन लागेको भन्दै घुमाउरो भाषामा उनीप्रतिको मोह दर्शाएका थिए ।

0 comments for " -रणबीर संग छुट्टिए लगत्तै रातभर सलमान संग भेटिइन् करिना "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives