-ग्यास्ट्रिक तुरुन्तै निको पार्ने हो भने यी ५ तरिका जानी राखौ..
Posted by News NP on | 0 comments
ग्यास्ट्राइटिस (ग्यास्ट्रिक)ले प्रायः सबैलाई सताउने गरेको छ । खानपानमा विशेष ध्यान नदिँदा ग्यास्ट्रिक लाग्ने गरेको बताइन्छ । नियमित तथा खानपानमा ध्यान नदिँदा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्ने तथा पीडा महसुस हुने गर्छ ।
ग्यास्ट्रिकबाट बच्न निम्न पाँच उपनाउनुहोस् :
१. ग्यास बनाउने खाद्यपदार्थ नखानुस्
ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण भनेको ग्यास बनाउने खालका खानेकुरा हुन् । यी खानेकुरा खाँदा पेटमा ग्यास बन्ने हुँदा पेट दुख्ने तथा पीडा महसुस हुनेगर्छ । यसर्थ केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी जस्ता खानेकुरा नखाँदा राम्रो हुन्छ।
२. समयमा खाना खाने बानी बसाल्नुहोस्
पेट खाली नहुने गरी नियमित रुपमा खाना खाने गरेमा ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान नास्ता नगर्ने र अबेर खाना खाने बानीले ग्यास्ट्रिक बढ्न सक्छ । यसबाट बच्न नियमित तथा चपाएर खानेकुरा खानु उत्तम हुन्छ ।
३. कम मसालेदार खाना
बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ । यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस् । साथै पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठेमा खाना राम्ररी पच्छ । खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने बानी बसाल्नुहोस् ।
४. रक्सीबाट बच्नुहोस्
बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ । यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन । तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।
५. थोरै तर नियमित खानुहोस्
पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रिकको समस्यालाई असर गर्छ । यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस् ।
यी माथिका साधारण उपाय मात्रै हुन् । यसबाट बच्ने उपायहरु हुन सक्छन् । यदी उक्त उपाय अपनाउँदा पनि ग्याष्ट्रिकको समस्या देखिए चिकित्सकसँग परामर्श गरी उपचार गर्नु सबैभन्दा उत्तम विकल्प हो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -ग्यास्ट्रिक तुरुन्तै निको पार्ने हो भने यी ५ तरिका जानी राखौ.. "
Leave a reply