-२०७२ साल माघ १४ गते विहिवार: आजको राशिफल
Posted by News NP on | 0 comments
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १४ गते विहिवार नेपाल सम्बत ११३६ पोहेलागा, सन् २०१६ जनवरी २८ तारिक कृष्णपक्ष चौथि तिथि विहान ११ वजेर ४ मिनेटसम्म, उत्तरफाल्गुनी नक्षत्र राती ४ वजेसम्म, अतिगण्डयोग राती ८ वजेर २३ मिनेटसम्म, बालव करण विहान १० वजेर ४ मिनेटसम्म, आनन्दादियोग मातङ्ग, सूर्य मकर राशीमा, चन्द्रमा विहान ८ वजेर १३ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।
आजको राशिफल:
मेषः–
मेषः–
घर परिवारबाट टाढा बसेर काम गर्दा बढि आनन्द हुनेछ । काममा अरुको गिद्धे दृष्टि पर्नेछ । परिश्रमानुसारको प्रतिफल पाईनेछ । अरुको भर विश्वासमा काम नगर्नु होला ।
वृषः–
वृषः–
काम गर्दा कहि कतैबाट बाधा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । भ्रम जालमा पर्न सकिन्छ, होशियार रहनु होला । पढाईमा प्रगति हुनेछ ।
मिथुनः–
मिथुनः–
काम कुरा एकातिर कुम्लो बोकि ठिमी तिर । घरयासी खर्चमा तिव्रता आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । अरुको मुखबाट आलोचना सुन्नु पर्ला ।
कर्कटः–
कर्कटः–
काम गर्न मन लाग्नेछ । धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । अधुरा कामले गति लिनेछ । भावावेगमा नआउनु होला आफैलाई घाटा हुनेछ । आम्दानी बढ्नेछ ।
सिंहः–
सिंहः–
धन दिएर मन हरण गर्ने काम नगर्नु होला । आफन्तबाट काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । व्यापार घट्न सक्छ ।
कन्याः–
कन्याः–
प्रातकाल थोरै प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समय उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । अनावस्यक खर्च कमी आउनेछ । व्यापार बढ्नेछ ।
तुलाः–
तुलाः–
समयको गति सगै प्रतिकुलता बढ्नेछ । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ । अरुको काम गरेर जश कमै मिल्नेछ । खर्चमा तिव्रता आउनेछ ।
वृश्चिकः–
वृश्चिकः–
आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । यात्राबाट लाभान्वित हुनु हुनेछ । सहयोग पाईनेछ ।
धनुः–
धनुः–
काममा देखिएका समस्या कम भएर जानेछन् । लेनदेख कारोवारमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिनेछन् ।
मकरः–
मकरः–
मानसिक तनाव घट्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द नै रहला । आलोचना बढ्नसक्छ ।
कुम्भः–
कुम्भः–
दैनिक काम काजमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा शान्ति मिल्ने छैन । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । विरोध बढ्नेछ ।
मिनः–
मिनः–
नयाँ कामको अवसर आउन सक्छ । घरपरिवारबाट सहयोग,सुख,शान्ति मिल्नेछ । नेतृत्वदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आम्दानी बढ्नेछ ।
– ज्योतिषीः- श्री वेदनिधि तिमिल्सिना, पोखरा, सम्पर्क :- gurupatrakar@gmail.com
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -२०७२ साल माघ १४ गते विहिवार: आजको राशिफल "
Leave a reply