-बेलायत भन्छ : ‘विश्वमै पर्यटनका १० उत्कृष्ट देशमध्ये नेपाल नम्बर एक’
Posted by News NP on | 0 comments
काठमाडौँ, २१ पुस । पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमध्ये नेपाल पहिलो नम्बरमा परेको छ ।बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो ।
१० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ ।
नेपालीको आतिथ्य स्वागत गर्ने व्यवहारले नेपाली पर्यटन क्षेत्रको राम्रो पक्ष रहेको जनाएको छ । प्राकृतिक हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त वन जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । Source: Taja Khabar

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -बेलायत भन्छ : ‘विश्वमै पर्यटनका १० उत्कृष्ट देशमध्ये नेपाल नम्बर एक’ "
Leave a reply