-जब राजेश पायल राईले राजेश हमालको क्यारिकेचर गरे… (भिडियो सहित )..

Posted by News NP on | 0 comments


काठमाण्डौ। विन्ध्यवासिनी फाउण्डेसनद्वारा शुक्रबार राजधानीमा आयोजित छैठौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७२ भव्यताका साथ सम्पन्न भएको छ । अवार्ड कार्यक्रम भइरहँदा कलाकारहरुले मनोरञ्जन प्रदान गरेर दर्शकलाई नचाउन देखी हँसाउन कुनै पनि कसरत बाँकी राखेनन् । कार्यक्रममा गजब्बको रमाईलो गर्न भने गायक राजेश पायल राई राम्रैसँग सफल भए ।


 बिन्ध्यवासिनी संगीत रत्न सम्मान २०७२ बाट १५ हजार ५ सय १५ रुपैयाँ नायक राजेश हमालले प्रदान गरेपछि गायक राईले हमाललाई राम्रै कमेडी गरेर हँसाए । गायक राईले उद्घोषक एवंम निर्देशक दिनेश डिसीको आवाजमा हमालले बोलेका कुरालाई दुरुस्तै पारेर हमाललाई नै सुनाए । शुक्रबार साँझ आयोजित बिन्धवासिनी म्यूजिक अवार्डमा ‘बिन्धवासिनी संगीत रत्न पुरस्कार’ पाएपछि राईले उनलाई दोसल्ला ओडाएर सम्मान गर्न मञ्च पुगेका हमालको क्यारिकेचर गरेका हुन् । राईले आफ्नो आवाज दुरुस्तै पारेर सुनाएपछि उनी मज्जाले हाँसेका थिए ।

0 comments for " -जब राजेश पायल राईले राजेश हमालको क्यारिकेचर गरे… (भिडियो सहित ).. "

Leave a reply