-नेपाल प्रहरी र भारतीय डाँकाहरुबिच सिमानामा गोली हानाहान : नाइकेसहित चार जना पक्राउ, ३ फरार..

Posted by News NP on | 0 comments


कञ्चनपुर, २९ पुस - कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० मा मंगलबार साँझ प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ। बेलौरी नगरपालिका–१० मा हतियारसहित आएका चार युवकलाई प्रहरी नियन्त्रणमा लिने क्रममा दोहोरो गोली हानाहान भएको हो।


हतियारधारी समूहले प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिए। यसैगरी प्रहरीले एक भारतीय युवकलाई एक थान पेस्तोलसहित नियन्त्रणमा लिएको छ।

अन्य फरार तीन युवकले भारतीय भूमिबाट नेपाल प्रहरीमाथि गोली प्रहार गरेका थिए। प्रहरीले पनि जवाफी गोली प्रहार गरेको प्रहरी निरीक्षक चौधरीले बताए। प्रहरीका अनुसार उनीहरु भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए। प्रहरीले नियन्त्रणमा लिएका युवाको पहिचान नखुलाए पनि उनी उक्त समुहको नाइके भएको बताइएको छ।

0 comments for " -नेपाल प्रहरी र भारतीय डाँकाहरुबिच सिमानामा गोली हानाहान : नाइकेसहित चार जना पक्राउ, ३ फरार.. "

Leave a reply