-श्रृष्टीले गीत गाउँदै सकियो ‘गाजलु’, अनमोलले उडाउने छन् कार(भिडियो सहित)...

Posted by News NP on | 0 comments


४५ दिन लगाएर निर्देशक हेमराज वीसीले चलचित्र ‘गाजलु’को छायांकन सकाएका छन् । काठमाण्डौ, दामन लगायतका क्षेत्रमा यो चलचित्रको छायांकन गरिएको हो । पूर्णतया प्रेमकथामा यो चलचित्र निर्माण भएको छ । ‘होस्टेल र जेरी’ चलचित्रका निर्देशक वीसी ‘गाजलु’बाट अझ आशावादी देखिएका छन् ।रोहित अधिकारीले पहिलो पटक निर्माण गरेको यो चलचित्रको रिलिज डेट पनि तय गरिएको छ ।

 निर्माता अधिकारीले वि.सं २०७३ साल वैशाख २४ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिए । उनले चलचित्रको बजेट महंगो भएपनि उत्कृष्ट बनेकोमा सन्तुष्टी व्यक्त गरे । चलचित्रको अन्तिम दिन आज पूर्व मिस नेपाल समेत रहेकी नायिका श्रृष्टी श्रेष्ठले गीत गाउँदै गरेको दृश्य खिचियो । ललितपुरमा श्रृष्टीले ‘मुस्कुराउनुको कथा’ बोलको गीतमा लिप्सिङ गरिन् । उनको साथमा संगीतकार कालिप्रसाद बास्कोटाले पनि गीत गाए । नायिका श्रेष्ठले पहिलो पटक चलचित्रमा काम गरेपनि सजिलो भएको बताइन् । 

 हेर्नुहोस् श्रृष्टी श्रेष्ठले गीत गाउँदै गरेको छायांकनको भिडियो 

नायक अनमोल केसीले गाडी उडाएको दृश्य खिच्दै ‘गाजलु’को छायांकन सकिनेछ । नयाँ बानेश्वरदेखि तिनकुने सडकण्डमा आज राती अनमोलको दुर्घटनाको दृश्य खिच्दै चलचित्रको छायांकन सकिने छ । चलचित्रमा वास्तविकता देखाउनका लागि भीएफएक्स नगरेर कार नै उडाउन लागेको निर्माताको भनाई छ ।जसका लागि आफूले ३ लाख खर्च गरेर कार नै खरिद गरेको रोहितले बताए ।

 उत्कृष्ट चलचित्र बनाउनका लागि कुनै पनि संझौता नगरिएको रोहितको भनाई छ । चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रलाई एफडी कम्पनीले महंगो ‘एमजी’ पनि दिइसकेको छ ।१ करोड भन्दा माथिको बजेटमा तयार हुन लागेको यो चलचित्रले लगानी उठाउनेमा ढुक्क छन् निर्माता अधिकारी । नेपाली चलचित्र बजारमा नायक अनमोल केसीको चर्चा चुलिएको समयमा ‘गाजलु’ अर्को सफल चलचित्र बन्ने देखिएको छ । हेमराज र अनमोलको ट्यूनिङ गजबैले मिलेको छ । जसकाकारण यी दुइले एकसाथ काम गरेको ‘होस्टेल र जेरी’ हिट भएको थियो । 
भिडियो 

0 comments for " -श्रृष्टीले गीत गाउँदै सकियो ‘गाजलु’, अनमोलले उडाउने छन् कार(भिडियो सहित)... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives