हिन्दूलाई चित्त नदुखाउन सिटौलाको आग्रह

Posted by Unknown on |



२७ भदौ, काठमाडौं । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नेपालको सनातन हिन्दू तथा बुद्ध धर्मका साथै मुस्लिम धर्म संस्कृतिको संरक्षणका लागि राज्यले व्यवस्था गर्ने बताएका छन् ।
संविधानमा धर्म निरपेक्ष राखिएकोमा अशन्तुष्ट भएका बिभिन्न समूहलाई आश्वस्त पार्ने क्रममा संविधानसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सिटौलाले धर्म निरपेक्ष शब्दप्रति चित्त नदुखाउन हिन्दू धर्माबलम्बीहरुलाई आग्रह गरे ।
सिटौलाले भने-हामी गर्व गरौं, हामीले हाम्रो शैलीको धर्म निरपेक्षता कायम गरेका छौं । नेपालको इतिहाससँग गाँसिएका हिन्दू सनातन धर्मको संरक्षण गर्नैपर्छ । बुद्ध यहि माटोमा जन्मिनु भयो, लुम्बिनीको संरक्षण हुनुपर्छ । मल्ल कालदेखि बनेका मस्जिदको संरक्षण हुनुपर्छ ।
सिटौलाले समानुपातिक समावेशी प्रतिनिधित्वको हकमा अन्तरिम संविधानमा भएको व्यवस्था तलमाथि नहुने प्रष्ट पारे । उनले प्रदेशहरुको राजधानी सम्बन्धित प्रदेश सभाको दुई तिहाइले तय गर्ने बताए ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives