~~यौनमा छिटो सक्रिय भन्नाले कति उमेरदेखिलाई मानिन्छ ? म २६ वर्षको भएँ । मेरो उमेरअनुसार शारीरिक तथा मानसिक विकास नभएजस्तो अनुभव हुन्छ । मेरो उचाइ ५ दशमलव ४ इन्च तथा वजन ५३ किलो छ । के अत्यधिक हस्तमैथुनले शारीरिक विकासमा नकारात्मक असर पार्छ ? मेरो वीर्य पनि पातलोजस्तो देखिन्छ अनि कहिलेकाहीँ गिर्खाजस्तो हुन्छ । त्यो के होला ?,,!!!>>>

Posted by Anonymous on | 0 comments


बोलीचालीको भाषामा भन्नुपर्दा यौन क्रियाकलापमा सक्रिय रूपमा संलग्न हुनु नै यौन सक्रियता हो । कतिपयले योनि–लिङ्ग यौनसम्पर्कलाई यौन सक्रियताका रूपमा लिन्छन्, तर चिकित्सकहरू यो विषयमा रोग सर्ने कुरामा केन्द्रित भएको पाइन्छ । यस अर्थमा अन्य यौन क्रियाकलाप जहाँ वीर्य वा योनिरसको प्रत्यक्ष सम्पर्क हुन्छ त्यसैलाई यौन सक्रिय भन्न सकिन्छ । त्यसैले गुदामैथुन, मुखमैथुन, योनिमा औंला पसाउने जस्ता अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्ने हुन्छ ।कुन उमेरलाई उपयुक्त वा छिटो भन्ने कुरा समाजको विकाससँगै निर्धारित गरिएको मूल्य–मान्यताअनुरूप भएको पाइन्छ । यसै सन्दर्भमा मानिसले कुन उमेरमा यौनसम्पर्क राख्छन् भन्ने कुरा पनि हेर्नुपर्छ । एक अध्ययन अनुसार नेपालमा केटाहरूले पहिलो यौनसम्पर्क राख्ने सालाखाला उमेर २० दशमलव ५ वर्ष छ भने केटीहरूले पहिलो यौनसम्पर्क राख्ने उमेर १७ दशमलव ७ वर्ष छ । पहिले विवाह नै कम उमेरमा हुँदा कम उमेरमै यौनसम्पर्क भए पनि यो त्यति चासोको विषय हुँदैनथ्यो, तर अहिले विवाहको उमेर पछिल्तिर धकेलिएकाले यो चासोको विषय बनेको छ । शिशु र आमाको स्वास्थ्यका दृष्टिले २० वर्षपछि सन्तान जन्माउन सल्लाह दिइन्छ ।
शारीरिक वा मनिसिक विकासको कुरा
तपाईंले किन यस्तो मान्नुभयो जानकारी भएन, तर तपाईंको उचाइ पनि नेपालीहरूको सरदर उचाइअनुसार ठीकै छ । तपाईंको द्ययमथ :बकक क्ष्लमभह ९द्य:क्ष्० हेरेर तपाईंको उचाइअनुसार तौल ठीक छ कि छैन थाहा पाउन सकिन्छ । हुन त चार्ट वा तौलको टेबलबाट पनि यो कुरा थाहा पाउन सकिन्छ । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको भनिन्छ भने ३० भन्दा बढी भएको स्थितिमा ‘मोटो’ (यदभकभ) भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्य:क्ष् भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ । तपाईंले उचाइ ५ फिट ४ इन्च र तौल ५३ किलोग्राम छ, त्यसैले तपाईंको द्य:क्ष् यस्तै २० दशमलव १ हुन्छ । यो सामान्य तौल हो ।
अब मानसिक पक्षको कुरा गरौं । हुन त तपार्इंले खासै जानकारी दिनुभएको छैन, तर तपाईंले मोबाइल फोनबाट सन्देश पठाएर प्रश्न सोध्नुभएको छ । पत्रिका पढ्ने, मोबाइल चलाउने अनि आफ्ना समस्या लेखेर समाधान खोज्न सक्ने व्यक्तिको मानसिक विकास नभएको भन्न सकिने अवस्था छैन । अन्य केही कुरा भए लेख्नुहोला अन्यथा यसले तपाईंको मानसिक विकास पनि राम्रै भएको देखाउँछ ।
पातलो वीर्य
यौन उत्तेजनालाई निरन्तरता दिन सकिए यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख  प्राप्त हुने समयतिर पुरुषको लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ । एकपल्ट वीर्य स्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ । यही वीर्यमै शुक्रकीटहरू हुन्छन् । सम्भवत: तपार्इंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईवटा वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अन्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।
वीर्यको रंग सामान्यत: सेतो सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको पनि हुनसक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ । वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ । रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् ।
तपाईंले आफ्नो वीर्य किन पातलो भन्नुभएको हो, थाहा भएन । सामान्यतया वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ । व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुने मात्र होइन, एउटै व्यक्तिको वीर्य पनि एकैनासले निस्कँदैन । वीर्यको बाक्लोपनमा विविधता आउने अनेक कारण हुन्छन्, जस्तै कि भोजनमा भएको परिवर्तन, व्यायाम, कसरत वा शारीरिक श्रम, अन्डकोष वा यौनाङ्गमा पर्ने लुगा लगाउँदा त्यसले हुने कसिलोपनमा परिवर्तन आदि भर्खरै वीर्य स्खलन भएको छ भने पनि त्यसपछिको वीर्यको बाक्लोपन फरक हुनसक्छ । यसरी हल्का रूपमा वीर्यको बाक्लोपनमा देखिने परिवर्तन खासै गम्भीर प्रकृतिका हुँदैनन् ।
कुनै किसिमको संक्रमण वा मूत्रनलीका अन्य श्रावले पनि वीर्यको वाक्लोपनलाई परिवर्तन गरिदिन सक्छ । पिसाब पोल्नु वा दुख्नु अनि मूत्रनलीबाट श्राव आउनु अन्य रोगका लक्षण हुन सक्छन् । तपाईंले यौन उत्तेजनापछिको वीर्य स्खलनबाहेक पनि मूत्रनलीवाट कुने सेतो पदार्थ आएको छ कि छैन जस्ता कुरा उल्लेख गर्नुभएको छैन । तपाईंलाई शंका छ भने एकपल्ट चिकित्सकसँग सल्लाह गरेर वीर्य तथा पिसाब जँचाउनु बेस हुन्छ ।

0 comments for " ~~यौनमा छिटो सक्रिय भन्नाले कति उमेरदेखिलाई मानिन्छ ? म २६ वर्षको भएँ । मेरो उमेरअनुसार शारीरिक तथा मानसिक विकास नभएजस्तो अनुभव हुन्छ । मेरो उचाइ ५ दशमलव ४ इन्च तथा वजन ५३ किलो छ । के अत्यधिक हस्तमैथुनले शारीरिक विकासमा नकारात्मक असर पार्छ ? मेरो वीर्य पनि पातलोजस्तो देखिन्छ अनि कहिलेकाहीँ गिर्खाजस्तो हुन्छ । त्यो के होला ?,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives