~~श्रीमतीको योनी खुकुलो भयो ? सेक्स गर्दा मजा आएन ? यसो गर्नुहोस् ==!!!>>>
Posted by Anonymous on | 0 comments
योनी खुकुलो हुनबाट कसरी बच्ने ? “अत्यधिक रस आउँदा पनि खुकुलोपन महसुस हुन्छ। यो महिलामा यौन उत्तेजनाको संकेत हो। केही महिलामा यौन चरमसुख प्राप्त गर्ने बेला पनि त्यस्तै हुनसक्छ। अनावश्यक रूपमा चिन्ता गर्नुको सट्टा भावी” म22 वर्षीया युवती हुँ। म दुई वर्षअघि गरेको गल्तीका कारण पछुताइरहेकी छु। मैले दुई पटक मेरो केटा साथीसँग यौनसम्पर्क गरें र मेरो योनि खुकुलो भयो। अहिले मेरो घरमा विवाहको हल्ला छ, अरू नै सँग। आफ्ना श्रीमान्ले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ? म एकदमै चिन्तित छु। म त्यसलाई कसिलो बनाउन चाहन्छु तर कसरी मलाई सहयोग गरिदिनु होला। पहिले गरेको गल्ती अनि विवाहको हल्ला किशोरावस्था तथा युवावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो उनीहरू यसका लागि आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्याउनुपर्छ। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कुरा नभए पनि तपाईंलाई जस्तो सम्बन्धको स्थायित्वको प्रश्न छँदैछ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ नै। तपाईंले ब्वाइफ्रेन्ड अर्थात् केटा साथीसँगको यौनसम्पर्कको चर्चा गर्नु भएको छ। यौनसम्पर्कसम्म पुग्न त पक्कै पनि तपाईंहरूको सम्बन्ध गहिरै हुनु पर्यो, तर त्यो सम्बन्ध कत्तिको प्रेमपूर्ण थियो भन्ने कुराचाहिँ लेख्नुभएको छैन। दुई वर्षअघि यौनसम्पर्क राख्दा तपाई २० वर्ष पुगिसक्नुभएकाले पनि एक किसिमको परिपक्वता आएको हुनुपर्छ। केटासाथीसँगको सम्बन्धले किन निरन्तरता पाएन त्यसका बारेमा पनि कुनै कुरा लेख्नुभएको छैन। विवाह उसैसँग गर्न सकिने सम्भावनाका बारेमा पनि तपाई मौन हुनुहुन्छ। तपाईंको घरमा तपाईंकै विवाहको हल्ला छ भन्ने कुरा अलि चित्तबुझ्दो लागेन। अहिलेको जमानामा पनि विवाह गर्ने मुख्य व्यक्तिबिना अरूले सम्बन्धको छिनोफानो गर्न सुहाउँदैन। यो निर्णय गर्ने कुरामा तपाईंको भूमिका केन्द्रीय हुनुपर्छ र सबै पक्षलाई विचार गरेर तपाईंको भावी जीवनसाथी रोज्ने सम्पूर्ण अधिकार तपाईंको हो। कुनै न कुनै किसिमका गल्ती सबैबाट हुन्छन् तर त्यसवाट पाठ सिकेर अघि बढ्नुपर्छ न कि त्यसैमा अल्झिएर बस्नु उपयुक्त हुन्छ। के योनि खुकुलै भएको हो ? तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने पाउनुभयो ? योनि नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनि मांसपेशीले बनेको नली आकारको विशेष अङ्ग हो। यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सँधै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? ठूलो लड्डु खाएपछि पनि हाम्रा ओठले पातलो सियो पनि राम्ररी नै समाउन सक्छ। यौनसम्पर्क राख्दैमा तपाईंले सोचेजस्तो गरी योनि खकुलो हुने कुनै वैज्ञानिक आधार छैन। श्रीमान्लाई कसरी थाहा नदिने ? पुरुषलाई महिलाको यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने योनि खुकुलो भएको कसरी थाहा पाइन्छ र ? कुनै महिलासँग यौनसम्पर्क गरेर तुलना गर्नु अर्कै कुरा भयो। कतिपय पुरुषलाई दुलही कुमारी हो कि होइन भन्ने कुराको चासो हुने भए पनि त्यो कुरा पत्ता लगाउनु सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन भन्ने योनिच्छद भएको छ कि छैन भन्ने कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ। वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। हुन त तपाईंको योनि खुकुलो भएको पक्का छैन, तर कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एण्टा राम्रो उपाय हो। योनि कसरी कसिलो बनाउने ? योनिलाई कसिलो बनाउन यौनाङ्ग क्षेत्रको मांशपेशीलाई वलियो बनाउनुपर्छ। त्यसका लागि गरिने कसरतलाई नै केगेल (kegel) कसरत भनिन्छ। यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले pubococcygeus भनिने मांशपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्याई, तेहेर्याई गरेर उक्त मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशीले नै योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। अब यसको कसरत गर्न थाल्नुपर्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ। विस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ। यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंग बेस्सरी समात्न सकिन्छ अनि योनि खुकुलो भएको महसुस हुँदैन। अत्यधिक रस आउँदा पनि खुकुलोपन महसुस हुन्छ। यो महिलामा यौन उत्तेजनाको संकेत हो। केही महिलामा यौन चरमसुख प्राप्त गर्ने बेला पनि त्यस्तै हुनसक्छ। अनावश्यक रूपमा चिन्ता गर्नुको सट्टा भावी जीवनलाई कसरी सकारात्मक रूपमा लाने भनेर त्यतैतिर ध्यान केन्दि्रत गर्नु उचित होला। - See more at: http://ebreakingkhabar.com/archives/9457#sthash.ApLGOf6X.HO3pm5qx.dpuf

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~श्रीमतीको योनी खुकुलो भयो ? सेक्स गर्दा मजा आएन ? यसो गर्नुहोस् ==!!!>>> "
Leave a reply