~~एकै दिनमा जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु कारबाहीमा, जरिवाना मार्फत ४ लाख भन्दा बढी रकम उठ्यो,,,,!!!>>>

Posted by Anonymous on | 0 comments


काठमाडौँ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन्। आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए।
उनले भने, “कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए।”  यसरी कारबाहीमा परेकाबाट रु चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ। जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो।
सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न आजबाट अभियान सुरु गरिएको उनको भनाइ छ।  प्रहरीले भोलिबाट नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ। उनले भने, “सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ।
यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो ।” ट्राफिक प्रहरीले गत वैशाख १ गतेदेखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै बर्सेनि १५० जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुन्छ।

0 comments for " ~~एकै दिनमा जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु कारबाहीमा, जरिवाना मार्फत ४ लाख भन्दा बढी रकम उठ्यो,,,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives