~~अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा ६ नेपाली घाइते, एकलाई भने एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइदै (भिडियो सहित),,,,!!!!>>>>
Posted by Anonymous on | 0 comments
काठमाडौं | गएराति अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम बिस्फोटमा परेर गम्भीर घाइते भएका एक नेपालीलाई काठमाडौं ल्याइएको छ। विष्फोटनमा परी घाइते भएका स्याङ्जाका डम्बर बहादुर गुरुङलाई दिल्लीको मीरा रेस्क्यु सर्भिसले एयर एम्बुलेन्समार्फत काठमाडौं ल्याएको हो। बम विस्फोटनमा परी पाँचदेखि ६ जना नेपाली घाइते भएको हुनसक्ने मीरा रेसक्यु सर्भिसका मेडिकल डाइरेक्टर प्रदीप बेरीले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई जानकारी गराएका छन्।
उनलाई आज दिउँसो १२ बजे काबुलवाट उपचारका लागि काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा ल्याइएको छ। घाइते उनलाई सुरुमा अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्याम्प अल्भाराडो मेडिकल सेन्टरमा उपचार गराइएको थियो। त्यहाँका विद्रोहीहरुले पुन अस्पतालमा पनि आक्रमण गर्ने धम्की दिएपछि उनलाई काठमाडौं ल्याइएको हो। एयर एम्बुलेन्सका लागि दिल्लीस्थित मिरा रेस्क्युले नागरिक उड्ययन प्राधिकरणसँग फ्लाइट पर्मिसन मागेको थियो। लगत्तै प्राधिकरणले उसलाई अवतरणको अनुमति दियो। बाँकी घाइतेहरुको भने क्याम्प अल्भाराडो मेडिकल सेन्टरमा नै उपचार भइरहेको छ। घाइते गुरुङको छातीको देब्रे भागमा गम्भीर चोट लागेको उनको मेडिकल रिपोर्टमा उल्लेख छ। घटनाबारे दिल्लीस्थित नेपाली राजदूतावासलाई जानकारी गराइसकिएको छ। अन्य घाइतेको अवस्थाका बारेमा जानकारी दिने प्रयास जारी छ। उनीहरु काबुलमा दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए। बुधवार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० भन्दा धेरै जनाको मृत्यु भएको थियो अन्तराष्ट्रिय मिडियाले बताएका छन्।


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा ६ नेपाली घाइते, एकलाई भने एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइदै (भिडियो सहित),,,,!!!!>>>> "
Leave a reply