~~१७ वर्षसम्म बच्चा नभएका दम्पतीको जब एकैपल्ट ६ सन्तान जन्मिए,,,!!>>>

Posted by Anonymous on | 0 comments


एजेन्सि – एडिबोया र एजिबोला टाइवो दम्पतीले बिहेपछि सन्तानका जन्माउन वर्षोैं अनेकौं प्रयास गरे । उनीहरूको प्रयास १७ वर्षपछि आएर फलिफाप भयो– अहिले उनीहरू एकसाथ ६ सन्तानका बाबुआमा भएका छन् । यही मेको मध्यमा जन्मेका सन्तानमध्ये ३ जना छोरी र ३ जना छोरा छन् । सबै ६ जना रहरलाग्दा नवजातको स्वास्थ्य सामान्य छ, यद्यपी उनीहरू सबैको जन्मदाको वजन भने ३ पाउन्डभन्दा मुनि नै थियो।एजेन्सि – एडिबोया र एजिबोला टाइवो दम्पतीले बिहेपछि सन्तानका जन्माउन वर्षोैं अनेकौं प्रयास गरे । उनीहरूको प्रयास १७ वर्षपछि आएर फलिफाप भयो– अहिले उनीहरू एकसाथ ६ सन्तानका बाबुआमा भएका छन् । यही मेको मध्यमा जन्मेका सन्तानमध्ये ३ जना छोरी र ३ जना छोरा छन् । सबै ६ जना रहरलाग्दा नवजातको स्वास्थ्य सामान्य छ, यद्यपी उनीहरू सबैको जन्मदाको वजन भने ३ पाउन्डभन्दा मुनि नै थियो।एजेन्सि – एडिबोया र एजिबोला टाइवो दम्पतीले बिहेपछि सन्तानका जन्माउन वर्षोैं अनेकौं प्रयास गरे । उनीहरूको प्रयास १७ वर्षपछि आएर फलिफाप भयो– अहिले उनीहरू एकसाथ ६ सन्तानका बाबुआमा भएका छन् । यही मेको मध्यमा जन्मेका सन्तानमध्ये ३ जना छोरी र ३ जना छोरा छन् । सबै ६ जना रहरलाग्दा नवजातको स्वास्थ्य सामान्य छ, यद्यपी उनीहरू सबैको जन्मदाको वजन भने ३ पाउन्डभन्दा मुनि नै थियो।एकैपल्ट ६ सन्तान जन्मनु दुर्लभ घटना हो । उपलब्ध तथ्यांक अनुसार अमेरिकामा सन् २०१५ मा करिब ४० लाख शिशु जन्मिए । तर तीमध्ये चम्ल्याहा वा एकैपल्ट त्यसभन्दा बढी शिशु जन्मेका घटना भने जम्मा जम्मी २४ वटा मात्र थिए।६ शिशु जन्मदा अत्यधिक मेडिकल समन्वयको आवश्यकता पर्छ । एजिबोलाको गर्भमा ६ सन्तान हुर्कंदै गरेको थाहा पाउनासाथ सेन्टरले प्रशव गराउन ४० जना चिकित्सकको समूह बनायो । समूहले ६ शिशुको जन्म सहज बनाउन प्रशव गराउने र पुनर्जीवन दिने अभ्यास गरे।
‘यस्तो प्रशवमा एउटा वा दुईटा शिशुको भने पूर्ण विकास भएको हुँदैन वा समय पुगेको हुँदैन । लगातार ६ शिशुको सफलतापूर्वक सुत्केरी गराउन अस्पतालको एलआइसियुका हाम्रा साथीसँग हामीले समन्वय गर्‍यौं,’ भर्जिनिया रिचमन्ड विश्वविद्यालयकी प्रशव तथा गर्भ विशेषज्ञ डा सुसन लेनीले भनिन्।
प्रशव
३० साताको गर्भधारणपछि प्रशवको दिन आयो । मे ११ तारिख बिहान ८ः२६ बजे एजिबोला सुत्केरी भइन् र ६ सन्तान जन्माइन् । नवजातहरू १।१० पाउन्डदेखि २।१५ पाउन्डसम्मका थिए । सबैको स्वास्थ्य थियो।
‘यो चिकित्सा क्षेत्रको एउटा आश्चर्यजनक उपलब्धि थियो, जुन हाम्रो प्रसूति र नवजात शिशु विभागको विशेष समन्वयबिना सम्भव थिएन,’ रिचमन्डस्थित भर्जिनिया कमनवेल्थ विश्वविद्यालय अस्पतालको नवजात शिशु सघन उपचार केन्द्र ९एनआइसियु०का मेडिकल निर्देशक डा रसेल मुरले भने।
एबिजोला ६ सन्तानलाई जन्म दिएको एक सातापछि अस्पतालबाट डिस्चार्ज भइन् । तर उनका ६ जनै छोराछोरी भने हेरचाहका लागि एनआइसियुमा नै राखिएको छ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।
६ छोराछोरी पाएर दंग एबिजोला भन्छिन्, ‘म चाहन्छु, मेरो सबैभन्दा कान्छो सन्तान पनि हुर्कियोस् र भनोस् म कति सानो थिएँ र अहिले मलाई हेर म कत्रो भएँ।’

0 comments for " ~~१७ वर्षसम्म बच्चा नभएका दम्पतीको जब एकैपल्ट ६ सन्तान जन्मिए,,,!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives