~~भर्खरै अपलोड भयको यो अस्लिल भिडियो जसले नेपाल मा अहिले तहल्का मच्चाई......!!!!>>>
Posted by Anonymous on | 0 comments
प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो ।
===
तालिमका लागि नेपालगञ्ज जाने तयारी गर्दै गर्दा मैले फेसबुकमा स्टाटस लेखें ‘पर्खिबस आउँदै छु, नेपालगञ्ज’ स्टाटसमा कमेन्ट धेरै आए । मैलेपनि सकेसम्म सबैलाई जवाफ दिएँ । त्यही स्टाटसमा अन्सारी थर भएका नेपालगञ्जको केटाले ‘तपाईंलाई स्वागत छ नेपालगञ्जमा कुनै अप्ठयारो परेछ भने म्यासेज गर्नु’ लेखेको रहेछ । मलाई यो कमेन्ट अरुको भन्दा फरक लाग्यो । अनि तुरुन्तै मैले रिप्लाइ दिएँ– हुन्छ धन्यबाद ।

मैले यो रिप्लाइ गरिसकेपछि उसले तुरुन्तै ‘हेलो के छ खबर कहिले आउने हो यता…’ यस्तै धेरै कुराहरु लेखेर पठाउँदै गयो । मैले नि रिप्लाई दिंदै गएँ । उसले ल नेपालगञ्ज आएपछि मसँग घुम्छौ नि ? मैले भनें –हुन्छ नि घुमाउने हो म पनि पहिलो पटक आउँदैछु । नेपालगञ्ज मलाइ थाहै छैन । मैले यति कुरा भनेपछि उसले मलाई भनिहाल्यो – तिम्रो साथी हुन्छन् कि तिमी एक्लै आउने हो ?
मैले १८ जिल्लाका साथीहरु हुन्छौं भनें । कहाँ एक्लै हुनु र ? उसले मेरो जवाफ सुनेपछि ल तिमीलाई नेपालगञ्जमा म घुमाइदिन्छु तिम्रो नम्बर पठाउ त भन्यो ।
त्यो केटासँग कुराकानी भइसकेपछि म १७ गते नेपालगञ्ज जानका लागि तयार भएर बैतडीबाट निस्कें । एकैदिन नेपालगञ्ज पुग्न असम्भव थियो । पुग्न त पुगिन्थ्यो, तर राती । अफ्ठेरो हुन्छ भनेर म धनगढी नै बसें । धनगढी बसेर पछिल्लो दिन अछाम, दार्चुृलाका साथीहरुसँग भेट भयो । अनि हामी नेपालगञ्जको यात्रामा निस्कियौं ।
बसको यात्रामा हातमा फेरि फेसबुक चलाउन सुरु गरें । यो फेसबुकको लत पनि कस्तो । बरु खान बिर्सने, तर फेसबुक चलाउन बिर्सन नसकिने । मैले फेसबुक अन गरेको मात्र के थिएँ फेरि उसैको म्यासेज देखें । कता पुगियो, खाना भयो त ? यता पुगेपछि खबर गर्नु है । किन रिप्लाई नगरेको यस्तै यस्तै धेरै लेखेर पठाएको थियो । मैले उसको म्यासेजको रिप्लाई नगरेर सिधै फेसबुक बन्द गरें ।
नेपालगञ्जको सिद्धार्थ होटलमा हामी बस्यौं । तालिम भयो, उसित भेट भएन । तालिम सकिएको पछिल्लो दिन हामी फिर्ता हुने तयारीमा थियौं । उसले मेरो नम्बर मेरो फेसबुकको प्रोफाइलमा हेरेर थाहा पाइसकेको रहेछ । म चिसापानी पुगेको बेला नचिनेको नम्बरबाट फोन आयो । मैले रिसिभ गरें, अनि उसले भन्यो – नेपालगञ्ज आएर पनि नभेटेर फर्किने है ? यस्तो पनि साथी । उसले फेरि भन्यो – म अस अन्सारी, के हो साथी नेपालगञ्ज आएर पनी नभेटेर जाने है ?
मैले छिटै फर्कनु पर्ने भएर मिलेन भनें । उसले राम्रोसँग जानु, शुभयात्रा भनेर फोन राख्यो । त्यो दिन म लम्की बसें दिदीको घरमा । फेरि नचिनेको नम्बरबाट फोन आयो – मैले रिसिभ गरें । महिलाको आवाज आयो– तपाईं आज दिनभर मेरो बुढासँग कहाँ कहाँ घुमेको ? प्लिज मेरो बुढोको पछि नलाग्नुहोस् ।
सुन्ने बित्तिकै झनक्क रीस उठ्यो । तर आफैंलाई सम्हालें । तपाईं को बोल्नु भएको हो ? उसले भन्यो – अन्सारीलाई चिन्नुहुन्छ ? हो उसैको बुढी हो ।
अनि मैले ए हो अँ भेटघाट त भएको छैन तर चिन्छु फेसबुकबाट कहिलेकाहिँ कुरा हुन्छ भनें ।
अनि ती महिलाले भनिन्, “बहिनी तपाईं पत्रकार हो, म जस्तो दुःखमा बाँचेका महिलाहरुको आवाज उठाउन सक्नुहुन्न ? दिनभर केटीहरुसँग घुमेर आउँछ, राती आएर न खान नै दिन्छ न त बस्न नै । मलाई त दिनसम्म दुःख दिएको छ । जहिले पनि कुटपीट गर्छ । सँगै छोरा पनि छ । अलि ठूलो भएपनि छोडेर कतै जान मिल्थ्यो । सानै छ, के गर्नु ।”
त्यसपछि मैले भनें – दिदी तपाईं ढुक्क हुनुहोस म महिला हो । म पनि बुझ्छु महिलाको पीडा । ल त्यसो भए तपाईंलाई म सहयोग गर्छु । तपाईंलाई बुढाले कुटपीट गर्छ भने नजिकैको प्रहरी चौकीमा जानुस् । अनि सबै कुरा भन्नुहोस् । आफूमाथिको हिंसा सहेर नबस्नुहोस् ।
===
यी महिला त प्रतिनिधि पात्र मात्र हुन् । धेरै महिलाले यसैगरी हिंसा सहेर बस्न बाध्य छन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने थुपै्र संघसस्था नभएका होइनन् । तर यस्ता पीडित महिलाहरु संघसस्थाको नजरमा किन पर्न सक्दैनन् ? ती महिलाले त आफ्नो पीडा सुनाइन् । यस्तो पीडा अरु महिलाहरुको पनि होला । महिलाका यस्ता पीडा पनि सुनेर उचित सम्बोधन गर्नुपर्ने खाँचो छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~भर्खरै अपलोड भयको यो अस्लिल भिडियो जसले नेपाल मा अहिले तहल्का मच्चाई......!!!!>>> "
Leave a reply